arrow

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर 

logo
प्रकाशित २०७४ असोज ३ मंगलबार
accident-final.jpeg

हेटौँडा । हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ६११७ नम्बरको ट्रक त्रिभुवन राजपथको सीमभन्ज्याङबाट १० किमी तल झिलगाडी भन्ने स्थानमा दुर्घटना भएको छ । 

मंगलबार बिहान ३ बजे सो स्थानमा राजपथबाट ८०० मिटर तल खसी दुर्घटना हुँदा सो ट्रकका चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

उनको अहिले सनाखत भई नसकेको र उनको शव हेटौँडातर्फ ल्याइएको प्रहरी नायब उपरीक्षक दिलीप झाले जानकारी दिएका छन् ।  

सोही दुर्घटनामा परी सोही ट्रकका सहचालक मकवानपुरको थाहा नगरपालिका–१ बस्ने २५ वर्षीय अनिल बलामी गम्भीर घाइते भई थप उपचारका लागि पालुङस्थित उपचार केन्द्र ल्याई त्यहाँबाट मंगलबार बिहान काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ । 

सो ट्रकमा अन्य यात्रु नभएको पालुङ इलाका प्रहरीले बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ