arrow

गोलबजार नगरपालिकामा भारी मतले माओवादी अगाडि, दोस्रोमा एमाले 

logo
प्रकाशित २०७४ असोज ३ मंगलबार
Election_logo_Maoist-750-1-750.jpg

काठमाडौं । सिराहाको गोलबजार नगरपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता हाँसिल गरेको छ । सोमबार भएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा माओवादीका नगरप्रमुखका उम्मेदवार २ सय २४ मतका साथ अग्रस्थानमा रहेको निर्वाचन अधिकारी केशवप्रसाद पन्तले जानकारी दिए । 

उनका अनुसार दोस्रो धेरै मत ल्याउने दलमा नेकपा एमाले रहेको छ । कूल ६ सय ४८ मत गन्दा मेयरमा नेकपा एमालेबाट नगरप्रमुखका उम्मेदवारको १ सय २७ मत र नेपाली काँग्रेसका उम्मेदवारको १ सय २० मत आएको छ । 

उपप्रमुखमा माओवादीकै उम्मेदवारको २ सय २३ मत आएको छ । दोस्रो हुने काँग्रेसका उम्मेदवारको १ सय २३ र तेस्रो हुने एमाले उम्मेदवारको १ सय २० मत आएको पन्तले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ