arrow

वीरगञ्जमा काँग्रेसलाई फोरमले टक्कर दिने, के भन्छन् अजय र विजय ?

logo
प्रकाशित २०७४ असोज ३ मंगलबार
ajaye_and_bijaye.jpg

पर्सा । प्रदेश २ को सर्वाधिक चासोको स्थानीय तह वीरगञ्ज महानगरको मेयरमा काँग्रेस र संघीय समाजवादी फोरमबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।

एक लाख ८ हजार मतदाता रहेको वीरगञ्ज महानगरमा ७६ हजार मत खसेको छ । मुख्य प्रतिष्प्रर्धा काँग्रेस र संघीय समाजबादी फोरमबीच हुने बताइँदै छ ।

काँग्रेसबाट जिल्ला सभापति समेत रहेका अजय द्विवेदी मेयर उम्मेदवार छन् भने संघीय समाजवादी फोरमबाट विजय सरावगी मेयर उम्मेदवार छन् ।

काँग्रेस उम्मेदवार द्विवेदीले भने फोरमबा उम्मेदवार बलियो अवस्थामा छत् । मुख्यप्रतिष्पर्धा फोरमसँगै हुन्छ । उनले काँग्रेस विजयी हुने बलियो सम्भावना रहेको समेत बताए । उनले भने, ‘पर्सा पहिले देखि काँग्रेसको प्रभाव क्षेत्र हो ।’

यस्तै, संघीय समाजवादी फोरमका उम्मेदवार सरावगीले काँग्रेस नै मुख्य प्रतिस्पर्धी भएको बताए । उनले भने ‘एमाले र काँग्रेसको त्यति प्रभाव छैन ।’ सरावगीले शहरको आधा भाग र ग्रामीण भेग आफुहरुको पकड क्षेत्र रहेको बताए ।

५ वटा वडा बाहेक अरु सबै आफ्नो पकड रहेको उनको भनाई छ । आफु जित्ने सम्भावना प्रचुर हरेको उनले बताएका छन् ।
एमालेबाट वसुरुद्दिन अन्सारी र माओवादी केन्द्रबाट रहबर अन्सारी मेयरको उम्मेदवार छन् । बसुरुद्दिन यसअघि सभासद भइसकेका व्यक्ति हुनु भने, रहबर युवा नेता हुन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ