arrow

शरिरमा नै जमरा उमार्न कडा व्रत बस्दै एक महिला

logo
कुमोद अधिकारी,
प्रकाशित २०७४ असोज ५ बिहिबार
jamara-dashain.png

विराटनगर। मोरङको रंगेली नगरपालिका स्थित पुर्वको मुख्य शक्तिपिठको रुपमा रहेको शानसारी माईमन्दिरमा भारतिय एक महिलाले सुतेर शरिरमा जमरा राखेकी छिन। आजदेखी घटस्थपान प्रारम्भ भएसंग भारतको पलासी पन्चायत ग्राम वार्ड न १ की ४५ वर्षिया अनितादेवी चौधरीले मन्दिर परिसरमा सुतेर  शरिरमा जमरा राखेकी हुन।

मन्दिरमा भाकल गरेकाले मन्दिर परिसरमा सुतेर शरिरमा जमरा राखेको उनका श्रीमान देवनारायण चौधरीले बताए।  उनका अनुसार अनिताले एकवर्ष अघि मन्दिरमा  गरेको  भाकल पुराभए संगै  ९ दिनसम्म  केहि व्रत वसेर सुतेर छातीमा जमरा राखेकी हुन। 

पुर्वमा यसरी महिलाले  कठोर अवस्थामा शरिरमा जमरा राखेको पहिलो हुन सकने मन्दिर व्यवस्थपन समितिका अध्यक्ष सन्जिव श्रेष्ठले बताए। भारतबाट  भक्तजन आएर शरिरमा जमरा राख्नाले शानसारी माताप्रति भक्तजनको विश्वास थप प्रगाढ भएको बुझ्न सकिने उनको भनाई छ। मन्दिरमा नवरात्रा पुजामा वस्नु भएका लिलाराज खरेलले कठोरव्रत लिएर शरिरमा जमरा उमारन वस्नु हुने अनितलाई माताले रक्षागर्ने बताए। 

विजया दश्मी प्रारम्भ संगै मन्दिरमा घटस्थापना भर प्रतेकवर्ष पाठपुजा हुदै आएको छ।   घटस्थापनादेखी नवरात्रीभर पण्डित कृष्णप्रसाद कोइरालाको संयोकत्वमा ११  जना पण्डितहरुले घटस्थापना राखेर दुर्गा, सप्तशती चण्डिका पाठ गरिरहेका छन्। मन्दिरमा शनिवार र मंगलवार भक्तजनहरुको ठुलो घुइचो लाग्छ। पुर्वी नेपालमा मात्र नभएर भारतमा समेत सानसारी माईस्थान शक्तिपिठको ठुलो धार्मिक महत्व रही आएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ