arrow

मनोहरामा गोली हानाहान, एक घाइते

logo
प्रकाशित २०७४ असोज ६ शुक्रबार
dewar-le-bhaujulai-goli-daje-].jpeg

काठमाडौँ । राजधानीको मनोहरा क्षेत्रमा प्रहरीको गोली लागी एक जना घाइते भएका छन् । प्रहरीको गोली लागि रामेश्वर गौतम घाइते भएका छन्, उनको ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय अपराध महाशाखाका प्रमुख दिवस लोहनीले जानकारी दिए। 

वरिष्ठ उपरीक्षक लोहनीले भने, “मनोहरा पुल नजिक गुण्डाहरुको एक समूह हतियारसहित बसेको छ भन्ने सूचना हामीलाई प्राप्त भयो । हाम्रो प्रहरी टोली त्यहाँ पुग्दा उनीहरुले दुई गोली चलाए प्रहरीले पनि दुई राउण्ड गोली चलाउँदा रामेश्वर गौतम घाइते भएका छन् ।” 

गौतमको दाहिने खुट्टाको घुँडामुनि गोली लागेको छ । गौतम यसअघि पनि गुण्डागर्दीमा संलग्न रहँदै आएको प्रहरीको भनाइ छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ