arrow

काँग्रेस नेता चन्द्र भण्डारीको उदार मनः सीमान्तकृत बस्तीमा ३०० घर निर्माण गर्ने 

logo
प्रकाशित २०७४ असोज ८ आइतबार
chandra-bhandari-andolan-interview.jpeg

गुल्मी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले जिल्लाका विभिन्न स्थानमा छरिएर रहेका सीमान्तकृत बोटे माझी र दलित बस्तीमा एक–एक घर उपहार दिने घोषणा गरेका छन् ।  

सदरमुकाम तम्घासमा जिल्लाका सरकारी कार्यालयका प्रमुखसँगको बैठकमा नेता भण्डारीले यस्तो घोषणा गरेका हुन् । 

गुल्मी क्षेत्र नं २ का सांसदसमेत रहेका नेता भण्डारीले सीमान्तकृत बम्घा, चोरकाटे, हुँगा, रुपाकोट, बलिथुम, वामीटक्सार, मुसिकोटलगायतका स्थानमा रहेका सीमान्तकृत विपन्न समुदायअन्तर्गत कुमाल, दलित र बोटे माझीको यो दशैँको उपहारस्वरुप घर निर्माणको कार्य थालनी गरिएको बताए । 

उनले बम्घा र बलिथुममा रहेका सीमान्तकृत बस्तीमा १५० घर निर्माणको कार्य तीव्र गतिमा भइरहेको र अब थप ३०० घर निर्माणको कार्य अगाडि बढेको जानकारी दिए । 

नेता भण्डारीले अहिलेको बडादशैँ बलिथुममा रहेका सीमान्तकृत बोटे माझी समुदायसँग बसेर मनाउने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ