arrow

उपेन्द्र यादवको त्यो दुर्लव कदम : जसले संविधान कार्यान्वयनको मार्ग प्रसस्त गर्‍यो

अबको चुनावमा एमालेसँग तालमेल हुनै सक्दैन

logo
प्रकाशित २०७४ असोज ८ आइतबार
upendra-yadav-600x0.jpg.jpeg

काठमाडौं । पहिचानवादी दलहरुसँगको असहमतिकै बीच जारी भएको संविधानको पुनःलेखनको माग गर्ने राजनीतिज्ञ हुन् उपेन्द्र यादव । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले संविधान जारी भएपछि लामो समय आन्दोलन गरेको संघीय गठबन्धनको नेतृत्व गर्‍यो ।

संविधान संधोनका लागि सरकार र राजनीतिक दलसँग भएका वार्ताले संविधान संशोधन पास गर्ने वातावरण बन्न सकेन । अर्कोतिर एकै चरणमा गर्नु पर्ने स्थानीय तहको निर्वाचन तीन चरणमा हुन पुग्यो ।

दुई नम्बर प्रदेशलाई छोडेर बाँकी ६ प्रदेशमा अगाडिनै स्थानीय तहको निर्वाचन हुने भएपछि संघीय समाजवादीलाई ठूलो फसाद पर्यो । एकातिर आन्दोलन अर्कोतिर प्रजातान्त्रिक अभ्यास स्वीकार्नै पर्ने बाध्यता ।
त्यतिमात्रै होइन संघीय समाजवादीसँग आदीवासी जनजाति र पीछडिएको वर्गको मुद्दा समेत जोडिएर आएकै कारण आन्दोलनको मैदान छोडेर ब्यालेटमा आउनु पर्ने बाध्यता आइलाग्यो । न मधेस मुद्दा छोड्न मिल्यो न आदीवासी जनतातिको मुद्दा । अन्ततः संघीय समाजवादीले सँगै संघर्ष गरिरहेका सहयात्रीलाई छोड्नु पर्‍यो ।

संघीय गठबन्धनको नेतृत्व गरिरहेको संघीय समाजवादी ब्यालेटमा आयो । ब्यालेट रोज्ने निर्णय गरेलगत्तै संघीय समाजवादीसँग सहयात्रीहरु असन्तुष्ट भए । उनीहरुले अहिलेसम्म गुनासो गरिरहे । दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचन सकिँदासम्म समेत सहकार्य गर्ने अवसर नै जुरेन ।

संघीय समाजवादीको निर्वाचन अथवा लोकतान्त्रिक अभ्यास आन्दोलनको अर्को स्वरुप हो भन्ने निर्णयले आन्दोलनको मोर्चामा रहेका ६ सहयात्री मिलेर राजपा गठन भयो । संघीय समाजवादीको निर्णयकै असरले असन्तुष्ट राजपा समेत लोकतान्त्रिक अभ्यासकै बाटो रोज्न बाध्य भयो ।  

संघीय समाजवादीले जोखिमकैबीच चुनावको बाटो रोज्यो । तर, राजपाले जोखिम घटाएर चुनावको बाटो रोज्यो । राजपाले चुनाव लड्दा सरकारसँग भएको ३ बुँदे सहमतिका केही मूलभूत एजेण्डा पूरा भइसकेका थिए । अर्कोतिर मूल माग मध्येको संविधान संशोधन विधेयक वारपार भएपछि मात्रै राजपा चुनावमा गएको छ ।

जोखिमबीच संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आन्दोलनको अर्काृे स्वरुप भएको निर्णय गर्नु नै नेपाली राजनीतिक इतिहासको दुर्लव मोड हो भन्छन्, संघीय समाजवादी फोरमका नेता डा. शिवजी यादव ।

उनले भने, ‘मधेस आन्दोलन चलिरहेको थियो । हामी आन्दोलनको मैदानमा थियौँ ।  सरकारले निर्वाचन गर्ने आँट गर्न सकेको थिएन । संघीय समाजवादीको निर्णयले सरकारको हिम्मत बढेर आयो । हामीले एकै चरणमा चुनाव गर्न भनेका थियौँ । तर, सरकारले त्यो आँट गर्न सकेन ।’ तीन चरणमा चुनाव भयो । चरणवद्ध चुनाव मधेसका नागरिकका लागि गुनासो बनेको छ ।

उनले अगाडि भने, ‘मधेसका नागरिक तयार थिए । तर, सरकारले एकै चरणमा चुनाव गराउन सकेन । कारण सत्ताधारीहरुले चलखेल गरे । आफुहरुको उपस्थिति कमजोर हुने देखेरै तीन चरणमा चुनाव भएको हो ।’ हामीहरु आन्दोलनमै थियौँ । आन्दोलनका कारण हामीपं्रति पहाडले हेर्ने नजर फरक थियो, उनले भने, ‘हामीप्रतिको सोचलाई चिर्न हामीलाई समय थोरै थियो । पहाडमा हाम्रो उपस्थिति राम्रो हुन सकेन ।’ ठूला दलले चलखेल गरेकै हुन् । यादवका अनुसार आफुहरुकै निर्णयका कारण दुई नम्बर प्रदेशमा चुनावको शान्त वातावरण बनेको हो ।

त्यसले चौतर्फी प्रेसर परेको उनको भनाई छ । उनले भने, ‘प्रचार विभिन्न गर्न सकिन्छ । भएको यथार्थ त्यही हो । ता कि मधेसमा बलिरहेको आगो निभाएर हामी ब्यालेटमा आएको कहीँ कतै छुपेको छैन ।’ हामीले त्यो समयमा यो निर्णय नलिएको भए माघ ७ अगावै सबै तहको निर्वाचनको कल्पना गर्न सकिँदैन थियो ।

परिणाम चित्त बुझ्दो होइन, तर जनमतको सम्मान गर्छौँ
संघीय समाजवादी एक्ला एक्लै चुनाव लडेपनि दुई नम्बर प्रदेशमा दोस्रो स्थानमा आएको छ । डा. यादवले भनेका छन्, ‘हामीले अपेक्षा गरे अनुसार परिणाम हाम्रो पक्षमा आएन । हाम्रो संगठनको हिसावले र मुद्दाको हिसावले हामीले अझै धेरै स्थान जित्नु पर्ने थियो । हाम्रो उम्मेदवार छनोटले पनि हामीले राम्रो नतिजा ल्याउनु पर्ने थियो । तर, सोचे अनुरुप भएन ।’

यादवले सन्तोषजनक र चित्तिबुझ्दो परिणाम नभएपनि आफुहरु जनमतलाई सम्मान गर्ने बताए । उनले स्थानीय तह विकासे युनिट भएकाले यसमा धेरै ठूलो राजनीतिक आकांक्षा राखिरहनु नपर्ने बताए ।
उनले भने, ‘जे जति दलका उम्मेदवारले जितेका छन् । ति उम्मेदवार छवि भएकै उठाइएका होलान् भन्ने विश्वास गरौँ । किन कि अब पार्टीको अन्धभक्त भएर मत दिने अवस्थाबाट नागरिक माथि उठिसकेका छन् । यो अहिलेको परिणाले प्रस्ट देखाउँछ ।’

उनले अब प्रदेशसभा र प्रतिनिधिसभाको उपस्थिति बलियो हुने र सत्ताधारीहरुलाई खलखेल गर्न नदिने रणनीतिका साथ लाग्ने बताएका छन् । संघीय समाजवादी अब सोमबारबाट छलपलमा जु्ट्ने उनले बताएका छन् ।
 

अहिलेको जनमतले मधेसको मुद्दालाई बलियो रुपमा उठान गरेको छ
डा. यादवले प्रदेश दुईको स्थानीय तह निर्वाचनले मधेसको मुद्दालाई बलियो रुपमा उठान गरेको बताएका छन् । उनले भने, ‘अब कसैले मेरो गढ, मेरो किल्ला वा मेरो पकड क्षेत्र भनेर दावा गर्न पाउँदैनन् भन्ने सन्देश पनि यो चुनावले दिएको छ । ता कि मधेस सबैको साझा थलो हो र मेधसको मुद्दा सबैको साझा मुद्दा हो । भन्ने म्यान्डेड आएको छ ।’ लगत्तै प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन आएकाले अब मधेसको मुद्दामा नबोल्नेहरुको बेहाल हुने पक्का छ । त्यसैले पनि सबैले यो विषय साझा बनाउनुको विकल्प छैन । यो ताजा जनादेश हो ।

डा. यादवले भनेका छन्, ‘यो स्थानीय चुनाव हो । मधेसको मुद्दा स्थापित गर्ने महत्वपूर्ण अवसर अबको प्रदेश र प्रतिनिधिसभाकै निर्वाचन हो । यो निर्वाचनमा बढीभन्दा बढी सिट ल्याएर त्यही जनादेशको बलमा मधेसी, आदीवासी जनताति, थारु, मुस्लिम, पीछडावर्गको हकअधिकार सुनिश्चित गर्नु हाम्रो अबको कार्यभार हो ।’ अर्कोतिर आदीवासी जनतातिको हक अधिकारका लागि मधेस बोल्ने पर्दछ, मधेसनै अहिले बञ्चित भएकाहरुको अधिकार प्राप्तिका लागि निर्णायक शक्ति हो ।
 

अको निर्वाचमा तालमेल हुनसक्ने शक्ति
संघीय समाजवादीले एमालेसँग तालमेल हुनै नसक्ने बताएको छ । यस्तै, सत्ताधारीदलहरुसँग पनि तालमेलको सम्भावना नरहेको बताएको छ । यद्यपि, पार्टीको रणनीति सार्वजनिक भएको छैन ।
डा. यादवका अनुसार तालमेल हुनसक्ने शक्ति भनेको राजपा नै हो ।

साना दलहरुसँग भने तालमेलको सम्भावना कायमै छ । मधेस, आदीवासी जनताति, थारु, मुस्लिम, पीछडावर्गको अधिकार प्राप्तिको मुद्दामा संवेदनशील शक्तिहरुसँग तालमेलको ढोका भने खुल्लै रहने उनले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ