arrow

कोल्हवीमा एमालेको अग्रतापछि सफलता, गाड्यो कम्युनिष्टको झण्डा

logo
प्रकाशित २०७४ असोज ९ सोमबार
CPN-UML-Flag.jpg.jpeg

काठमाडौं । बाराको कोल्हवी नगरपालिकामा एमाले विजयी भएको छ । स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्तर्गत एक सातापछि आएको निर्वाचनमा एमालेले प्रमुख र उपप्रमुख दुबैमा विजयी भएको हो । 

लामो समयदेखि अग्रता हाँसिल गरेको एमालेले अन्तमा विजय समेत हाँसिल गरेको हो । विजयी हुँदा एमाले उम्मेदवार भरत बहादुर भण्डारीको कूल ७४ सय १ मत आएको छ भने नेपाली काँग्रेसका उम्मेदवार मुरलीधरप्रसाद चौधरीको ७२ सय ५ मत आएको निर्वाचन अधिकारी राजेन्द्र थापाले जानकारी दिए ।

त्यस्तै, उपप्रमुख तर्फ पनि एमालेकै उम्मेदवार विजयी भएका छन् । उपप्रमुखमा एमाले उम्मेदवार सुनाईना थरुनी ७३ सय २२ मत ल्याएर विजयी हुँदा काँग्रेसकी सुभद्रा धिमालले ६७ सय १२ मत ल्याईन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ