arrow

धनगढी ५ बाट आरजु राणा प्रतिनिधिसभाको आकांक्षी उम्मेदवार, कैलाली कांग्रेस तर्फबाट अरु क्षेत्रमा को को (नामावलि सहित) 

logo
देवानन्द न्यौपाने, 
प्रकाशित २०७४ असोज १० मंगलबार
Aarju_rana.jpg

लम्की। आमागी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि नेपाली काँग्रेस कैलालीले उम्मेदवारका आकांक्षीको नाम संकलन गरेको छ। काँग्रेस केन्द्रीय समितिको निर्देशन अनुसार काँग्रेसका गाउँ तथा नगर कमिटीहरुले उम्मेदवारका आकांक्षीको नामावली संकलन गरेको हो।
 
गाउँ तथा नगर सभाले संकलित नामावली क्षेत्रीय समिति र क्षेत्रीय समितिले जिल्ला समितिलाई पठाउने छ। जिल्लामा सहमति हुन नसकेको अवस्थामा दुवै निर्वाचन क्षेत्रतर्फ प्रत्येक क्षेत्रबाट एक जना महिलासहित ३ जना आकांक्षीको नाम केन्द्रमा पठाउने निर्देशन रहेको काँग्रेस कैलालीका उपसभापति प्रकाश बमले जानकारी दिए।

प्रतिनिधि सभा तथा प्रदेश सभाको प्रत्यक्ष तथा समानुपातिक गरि दुवै तर्फका आकांक्षीको आवेदन संकलन भएको उनले बताए।  क्षेत्र नम्बर २ अन्तरगत प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उम्मेदवारका लागि ३ जना र समानुपातिक तर्फ ३ जनाको आबेदन परेको क्षेत्रिय सभापति भक्तबहादुर थापाले बताएका छन्। प्रत्यक्ष तर्फ प्रतिनिधि सभाको लागि कमल बहादुर शाह, हिम बहादुर रावल र विजय स्वारको आबेदन परेको छ भने समानुपातिक तर्फ मान बहादुर महतो, बंशजराम कठरीया र उदयराम अधिकारीको आबेदन परेको छ।

यस्तै क्षेत्र नम्बर २ अन्तरगत प्रादेशिक क्षेत्र नम्बर ३ का लागि प्रत्यक्ष तर्फ देवानन्द जैशी, पदम शर्मा, प्रेम विष्ट, नेत्र जोशी, लवबहादुर शाही, शिवा थापा, हुर्मत चलाउने, धर्मराज न्यौपाने, पदम बास्तोला, नमराज उपाध्याय, खडानन्द सापकोटा र सुर्य बहादुर बटाला गरी १२ जना आकाक्षिले उम्मेदारीको लागि आवेदन दर्ता गराएका छन् भने समानुपातिक तर्फ प्रादेशिक क्षेत्र नम्बर ३ का लागि शुशिला शाही, रामशरण ढकाल, विजया चौधरी कार्कि, सुमन सञ्याल, हेमन्त कुमार बस्नेत, जनक थापा, अलि हुजेन जागा, विपतराम चौधरी, खड्क बुढामगर नर बहादुर कुमाल, डम्मर भण्डारी गरी ११ जना आकाक्षिले उम्मेदारी सिफारीसको लागि आबेदन दर्ता गराएको क्षेत्रीय सभापति थापाले बताए।

यस्तै यस्तै क्षेत्र नम्बर २ अन्तरगत प्रादेशिक क्षेत्र नम्बर ४ का लागि प्रत्यक्ष तर्फ जनक बम, शेरबहादुर भण्डारी, दलविर साउद, पदम रिजाल, शुशिल शाही, भरत शाही, कृण्ण पाण्डे, उत्तम जोशिको गरी ८ जना आकाक्षिको आबेदन परेको छ। यस्तै समानुपातिक तर्फ राम नारायण थारु, बलबहादुर विष्ट, छत्र टेलर्स, अम्मरनाथ कठरीया, उपेन्द्र बम, लालमणि जोशि, ललिता भट्ट, खड्क वि.क., विर्केश भुल, पदमसिंह भुल, लोकबहादुर महतो, धनबहादुर कुश्मी, भागिरथि रेग्मी, रिता मुड्भरी, र महेश रावल गरी १५ जना आकाक्षिको आबेदन परेको क्षेत्रय सभापति भक्तबहादुर थापाले बताए।

यसै गरी क्षेत्र नम्बर ५ अन्तरगत धनगढीमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उम्मेदवारका लागि ६ जना आकांक्षी देखिएका छन् समानुपातिकतर्फ १ जना। यस्तै प्रदेश सभाका लागि यो क्षेत्रबाट प्रत्यक्षतर्फ २२ जना र समानुपातिकतर्फ १९ जनाको आवेदन परेको नेपाली काँग्रेस धनगढी नगर समितिका सचिव यज्ञराज उपाध्यायले जानकारी दिए।

यो क्षेत्रबाट प्रतिनिधि सभाको उम्मेदवारका लागि प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणाको समेत निवेदन परेको छ। यस्तै सांसद पुस्करनाथ ओझा र प्यारेलाल राना, काँग्रेसका पूर्वकेन्द्रीय सदस्य सुनिलकुमार भण्डारी, महासमिति सदस्य गणेशबहादुर देउवा र नेविसंघका नेता क्षितिज भण्डारीले निवेदन दर्ता गराएका नेपाली काँग्रेस धनगढी नगर समितिले जनाएको छ।
 
प्रतिनिधि सभा समानुपातिकतर्फ दिव्यश्वरी शाहको निवेदन दर्ता भएको छ। प्रदेश सभाका लागि प्रत्यक्षतर्फ पार्टीका जिल्ला सभापति नरनारायण शाह मनु, क्षेत्रीय सभापति हरिश खड्का, नेताहरु कृष्णबहादुर महरा, नारायणदत्त भट्ट, उत्तमबहादुर कठायत, आनन्दराज जोशीलगायतले निवेदन दर्ता गराएका छन्। यस्तै क्षितिज भण्डारी, डिल्लीराज पन्त, छत्रराज जोशी, जीवन राना, रामचन्द्र ओझा, फिरुराम राना, लक्ष्मीप्रसाद देवकोटा, नवराज जोशी, दीर्घराज भट्ट, देबबहादुर सेठी, हरि रेग्मी, रुपबहादुर खड्का, पुष्पा भट्ट, गणेशबहादुर देउवा, उद्धवबहादुर बिष्ट र केशवराज मिश्रले आवेदन दर्ता गराएका नगर सचिव उपाध्यायले जानकारी दिएका छन्।
 
नगर समितिमा निवेदन दर्ता गराएका उम्मेदवारका आकांक्षीहरुको नाम नगर समितिको बैठकले क्षेत्रीय समितिमा सिफारिस गर्ने धनगढी उपमहानगरपालिकाका प्रमुख एवं काँग्रेस धनगढी नगर सभापति नृप ओडले जानकारी दिए। यस्तै क्षेत्र नम्बर ४ अन्तरगत अत्तरियामा प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ ३ जना र समानुपातिकमा १ जना तथा प्रदेश सभाका लागि प्रत्यक्षतर्फ ९ जना र समानुपातिकतर्फ ७ जना आकांक्षीले निवेदन दर्ता गरेका काँग्रेस अत्तरिया नगर सभापति हेमप्रकाश उप्रेतीले जानकारी दिए।
 
केन्द्र सभाको प्रत्यक्षतर्फ स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डाक्टर लक्ष्मीराज पाठक, पूर्वकेन्द्रीय सदस्य सुनिल भण्डारी र पूर्वसांसद हिरादत्त भट्ट र समानुपातिक तर्फ सांसद एवं पूर्वराज्यमन्त्री दीर्घराज भाटले आवेदन दर्ता गराएका छन्।  यस्तै प्रदेश सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष शंकर बोगटी, व्यवसायी बीरेन्द्र भट्ट, सामुदायिक वन उपभोक्ता महासंघ कैलालीका अध्यक्ष तुल्सी देवकोटासहित ९ जनाले नगर समितिमा निवेदन दर्ता गराएका छन्। 
 
धर्मराज भट्ट, पदमराज भट्ट, लोकराज पाण्डेय, टीकादत्त जोशी, धु्रव भट्टराईले पनि प्रदेश सभाको उम्मेदवारको आकांक्षी रहेको भन्दै निवेदन गर्दा गराएका छन्। अत्तरियाबाट प्रदेश सभाको समानुपातिमा रमेश ताम्राकार, सीतादेवी सोव, यज्ञराज चौधरी, भगवती ओझा पाठक, जानकी पाठक, चन्द्रलक्ष्मी शाह र तुल्सी देवकोटाले निवेदन दर्ता गराएका नेपाली काँग्रेस अत्तरिया नगर समितिले जनाएको छ । यस्तै क्षेत्र नम्बर १ को टीकापुरमा केन्द्रसभाको प्रत्यक्षतर्फ चन्द्रसिंह भट्टराई र रणबहादुर चन्द तथा समानुपातिकमा नृपबहादुर खड्का, राजकुमार हमाल, धिजराज रेग्मी, गंगाबहादुर कुँवर र तीर्थराज जोशीले नाम दर्ता गराएका काँग्रेस टीकापुर नगर सभापति धनराज उपाध्यायले जानकारी दिए।
 
प्रदेशसभाका लागि प्रत्यक्षतर्फको उम्मेदवारका लागि सुर्यबहादुर रावल, कमलराज जोशी, थर्कबहादुर शाह, केशरीदेवी सोडारी, राजेशकुमार टमटा, नेत्रबहादुर रावल, देवेन्द्रसिंह नेपाली, कलावती कार्की र जवलसिंह तिरुवाले उम्मेदवारको आकांक्षा देखाएर नगर समितिमा निवेदन दिएका छन्। समानुपातिकतर्फ कल्पना उपाध्याय र रितुराज कर्माचार्यले निवेदन दिएका छन्। क्षेत्र नम्बर १ अन्तरगत नारायणपुर र धनसिंहपुरस्थित काँग्रेस गाउँसमितिले पनि उम्मेदवारका आकांक्षीको नाम संकलन गरेको छ। 
 
प्रदेश सभाको प्रत्यक्षतर्फका उम्मेदवारका आकांक्षीले ५ हजार, समानुपातिकले ३ हजार ५ सय, प्रदेश सभा प्रत्यक्षले ३ हजार तथा समानुपातिकले १ हजार ५ सय रुपैया शुल्क तिरेर आवेदन दिएका हुन्। गाउँ तथा नगर सभाले असोज १० गतेसम्म आकांक्षीको नाम क्षेत्रीय समितिमा र क्षेत्रीय समितिले असोज १३ गतेसम्म आकांक्षीका नाम जिल्लामा पठाईसक्नु पर्ने छ। 
 
जिल्लाले असोज १७ गतेसम्म प्रत्यक्षतर्फ १ महिलासहित ३ जना आकांक्षी उम्मेदवारको नाम केन्द्रीय समितिलाई पठाई सक्नुपर्ने कार्यतालिका रहेको काँग्रेस कैलालीका उपसभापति बमले बताए। आगामी निर्वाचनका लागि दलहरु तयारीमा जुटेका छन्। जिल्लामा नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत दलहरुले पनि उम्मेदवार चयनको प्रकृया अगाडि बढाएका छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ