arrow

महामन्त्री डा कोइराला तेस्रो पटक नवलपरासी पूर्वबाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस

logo
प्रकाशित २०७४ असोज ११ बुधबार
Sashanka-koirala.jpg.jpeg

नवलपरासी। प्रतिनिधिसभा (संघीय सभा) को निर्वाचनमा नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालालाई नवलपरासीको बर्दघाट सुस्तापूर्व क्षेत्र नं १ बाट उम्मेदवार बनाउन सिफारिस गरिएको छ।

नाम सिफारिस गरिएको क्षेत्रबाट डा कोइराला विसं २०६४ र २०७० को निर्वाचनमा पनि निर्वाचित भएका थिए। डा कोइरालालाई नै सो क्षेत्रमा निरन्तरताका लागि गाउँ र नगर कार्यसमितिबाट सिफारिस आएको काँग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले जानकारी दिए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ