arrow

विपन्न बालबालिकालाई नयाँ कपडा वितरण

logo
प्रकाशित २०७४ असोज १२ बिहिबार
clothes-1.jpeg

काठमाडौँ । बुधबार काठमाडौँका सडक बालबालिका र विभिन्न मन्दिरमा मगन्ते जीवन बिताएका विपन्न बालबालिकालाई दशैँका लागि नयाँ कपडा वितरण गरिएको छ । 

माँहाकाल मन्दिर, वसन्तपुर, न्युरोड, संकटा मन्दिर र भद्रकाली पुगेर मन्दिरमा रहेका ५० जना बालबालिकालाई नयाँ कपडा वितरण गरिएको मानवअधिकारकर्मी तथा दीनानाथ प्रतिष्ठानका अध्यक्ष दुर्गानाथ दाहालले बताए । 

विगतमा लामो समयदेखि सामाजिक कार्य गर्दै आउनुभएका दाहालले समाज सेवा गर्न लाखौं पैसा चाहिँदैन आफूजस्ता २० औँ जना देशविदेशमा रहेका युवायुवतीले फजुल खÞर्च र पकेट खÞर्च बचाएर सामाजिक कार्य गर्दै आएका छौँ, हामीले विभिन्न चाडबाड आउँदा आफ्नो खÞर्च कम गरेर असहाय दीनदुःखीको सेवा सामाजिक सञ्जालमार्फÞत देशविदेशमा रहेका सहयोगी नेपाली मनबाट सहयोग रकÞम प्राप्त गरेर सामाजिक कार्य गरिएको समाजसेवी दाहालले बताए । 

विभिन्न देशविदेशमा रहेका सहयोगी मनबाट उठेको पचासौं हजार रुपैयाँ बराबरको कपडा बालबालिकालाई वितरण गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ