arrow

यो पल्ट सर्लाहीका शिक्षकको दशैं खल्लो, समयमा आएन तलब

logo
प्रकाशित २०७४ असोज १२ बिहिबार
school_new.png

सर्लाही । यो पल्ट सर्लाहीका सामुदायिक विद्यालयका शिक्षकको दशैं खल्लो भएको छ । जिल्ला शिक्षा कार्यालयले समयमै आफू कार्यरत विद्यालय पर्ने गाउँपालिका र नगरपालिकामा शिक्षकहरुको विवरण उपलब्ध नगराउँदा दशैँ अघि तलब नआएको शिक्षकहरुले गुनासो गरेका छन् ।

शिक्षा कार्यालयको लापरवाहीले आफूहरु दशैंको बेला समस्यामा परेको शिक्षकहरुले गुनासो गरेका छन् ।

मूख्य चाडपर्वका बेला तलब नपाउँदा शिक्षकलाई घर व्यवहार चलाउन र दशैं, तिहार, छठ जस्ता पर्वमा किनमेल गर्न समस्या भएको नेपाल शिक्षक संघ सर्लाहीका अध्यक्ष कौशल किशोर रायले सुनाए ।

उनले शिक्षा कार्यालयले लापरवाही गर्दा जिल्लाका कयौँ शिक्षक समस्यामा परेको बताए । शिक्षककै तलबले घर खर्च धान्नु पर्ने शिक्षकहरु मारमा परेका छन्  । स्थानीय तहमा कर्मचारीको व्यवस्थापन नभएकोमा पनि उनीहरुले गुनासो गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ