arrow

पत्रकार महासंघ कास्कीका सदस्य कृष्णप्रसाद पराजुलीको निधन

logo
प्रकाशित २०७४ असोज १२ बिहिबार
FNJ-logo.jpg.jpeg

पोखरा। नेपाल पत्रकार महासंघ कास्कीका सदस्य कृष्णप्रसाद पराजुलीको आज असामयिक निधन भएको छ। विगत तीन दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आउनुभएका ५४ वर्षीय पराजुलीको पोखरा लेखनाथ महानगरपालिका–८ सिमलचौरस्थित आफ्नै निवासमा निधन भएको हो। जण्डिस रोगका कारण कलेजो र फोक्सोको समस्याले ग्रसित भएका पराजुली केही दिनअघि काठमाडौँबाट उपचार गरी घरमै आराम गरिरहेका थिए।

पत्रकार पराजुलीको निधनले पत्रकारिता क्षेत्रमा ठूलो क्षति पुगेको महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठद्वारा आज जारी गरिएको विज्ञप्तिमा उल्लेख छ। जनशत्ता पत्रिकाबाट पत्रकारिताको शुरुवात गरेका पराजुलीले कमाण्डर, हिमदूत, कास्की अभियान, पोख्रेली अभियान दैनिकलगायतका पत्रपत्रिकामा काम गर्नुभएको थियो।

प्रेस युनियनका केन्द्रीय पार्षदसमेत रहेका उनका दुई श्रीमती, दुई छोरी र एक छोरा छन्। पराजुलीको आजै सेतीनदीस्थित तुल्सिघाटमा अन्त्यष्टि गरियो। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ