arrow

वरिष्ठ रेडियोकर्मी एवं गायक वासुदेव मुनालको निधन

logo
प्रकाशित २०७४ असोज १२ बिहिबार
bashudev-munal.jpg

काठमाडौँ । वरिष्ठ रेडियो कार्यक्रम सञ्चालक तथा लोकप्रिय गायक वासुदेव मुनालको बिहिबार साँझ ६८ वर्षको उमेरमा भक्तपुरस्थित क्यान्सर अस्पतालमा निधन भएको छ । 

सुरिलो आवाजबाट रेडियो नेपालको बाल कार्यक्रम सञ्चालन गरेर एक समयमा लोकप्रिय रेडियो प्रस्तोता बनेका मुनाल घाँटीको क्यान्सरबाट पीडित थिए । 

११ वर्षअघि उनको लडेर ब्रेन ह्याम्ब्रेजसमेत भएको थियो । 

विराटनगरमा २००६ सालमा जन्मिएका उनले रेडियो नेपालबाटै आफ्नो करियर सुरु गरी झण्डै चार दशक रेडियो नेपालमै बिताएका थिए । 

उनले ‘पानी खाने निउँले तिम्रो घरमा आउँला’, ‘लालुपाते फुलेर लाल भयो’, ‘बाँसुरीको धुनमा मादलुको तालमा’, ‘झमझम इष्टकोट’लगायत दर्जनौं चर्चित गीत गाएका थिए ।

उनी २०६४ सालमा रेडियो नेपालबाट सेवा निवृत्त भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ