arrow

भारतलाई हराएर च्याम्पियन बनेको नेपाली फुटबल टोली घर फर्कियो

logo
प्रकाशित २०७४ असोज १२ बिहिबार
nepali_toli.JPG

काठमाडौं । भुटानको थिम्पुमा भएको १८ वर्ष मुनिको साफ च्याम्पियनसिपको उपाधि जितेको नेपाली फुटबल टोली स्वदेश फर्किएको छ । विजेता टोलीलाई स्वागत गर्न अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारी तथा फुटबल समर्थकहरु विहिबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

खेलाडीको विमानस्थलमा भव्य स्वागत गरियो । विजेता खेलाडीले पहिलो खेलमा भुटानसँग हार्नु नै आफूहरुको जीत भएको बताएका छन् । त्यही हारबाट खेल सुधार गरेर विजय प्राप्त गरेको नेपाली टोलीका कप्तान अर्पण कार्कीले बताए । कप्तान कार्कीले फुटबलमा विजय हासिल गरेर आफूहरुले सबै नेपाली वडा दशैको अवसरमा जीतको उपहार दिन सकेको पनि बताए ।

फुटबल प्रशिक्षक छिरिङ लोप्साङले पहिलो पटक प्रशिक्षण सम्हालेर अन्तर्राष्ट्रिय खेलमा प्राप्त भएको बिजयले आफूलाई खुसी बनाएको प्रतिक्रिया दिए । भुटानमा भएको खेलमा भारतलाई २–० ले हराउँदै नेपालले बिजेता टोलीमा नाम दर्ता गराएको थियो ।

दुबै गोल दिनेश हेन्जनले गरेका थिए । दुई वर्षअघि नेपालले घरेलु मैदानमा आयोजित १९ बर्ष मुनिको साफ फुटबलको पहिलो उपाधि जितेको थियो । त्यसपछि यो प्रतियोगिता १८ बर्ष मुनिको ढाँचामा खेलाउन थालिएको हो ।

प्रतियोगितामा सहभागी दक्षिण एसियाका पाँच टोलीहरु सबैले एक–अर्कासँग खेलेपछि सबै भन्दा बढी अंक प्राप्त गर्ने टोली विजेता बनेको हो । नेपाल र बंगलादेशको बराबर ९ अंक भएपछि ‘हेड टु हेड’का आधारमा नेपाल विजेता बनेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ