arrow

दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु, एक घाइते

logo
प्रकाशित २०७४ असोज १३ शुक्रबार
accident-final.jpeg

रामपुर । पाल्पाको रामपुरमा जीप र मोटरसाइकल ठोक्किँदा बिहीबार एकको मृत्यु भएको छ । 

साँझ करिब ७ बजे रामपुर नगरपालिका–४ इस्लामपुर नजिकै भएको दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार रामपुर–४ बडवान बस्ने अन्दाजी २५ वर्षीय सुरज सेनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । 

मोटरसाइकल चालक अन्दाजी १८ वर्षीय सुनिल थापा घाइते भएकामा रामपुर अस्पतालमा उपचार भइरहेको छ ।

पूर्वबाट पश्चितर्फ आइरहेको ग १ ज ५०५२ नंको जिप र विपरीत दिशाबाट जाँदै गरेको ग ८ प ८९८६ नंको मोटरसाइकल तीव्र गतिका कारण ठोकिएका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ