arrow

केपी शर्माको निधनले प्रेस युनियन मर्माहत [विज्ञप्तिसहित]

logo
प्रकाशित २०७४ असोज १३ शुक्रबार
kp.jpg

काठमाडौं । नेपाल प्रेस युनियनका पार्सद तथा पत्रकार महासंघ कास्कीका सदस्य केपी शर्मा पराजुलीको निधनले मर्माहत भएको नेपाल प्रेस युनियनले जनाएको छ । 

प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले शुक्रबार विज्ञप्ति जारी गर्दै स्वर्गीय पत्रकार केपी शर्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । 

तीन दशकदेखि पत्रकारिता गर्दै आएका पराजुलीको बिहिबार निधन भएको हो ।

प्रेस युनियनको विज्ञप्ति –
नेपाल प्रेस युनियनका पार्सद तथा पत्रकार महासंघ कास्कीका सदस्य के पी शर्मा पराजुलीको विहिवार निधन भएको छ । विगत तीन दशक देखि पत्रकारिता गर्दै आउनु भएका पराजुलीको पोखरा लेखनाथ महानगरपालिका ८, सिमलचौर आफ्नै निवासमा निधन भएको हो ।

जण्डिस रोग विग्रियर कलेजो र फोक्सोको समस्याबाट पिडित पराजुलीको केहि दिन अघि काठमाण्डौंबाट उपचार गरी घरमा आराम गरी रहेका बेला विहिबार निधन भएको हो ।

विगत तीन दशक देखि पत्रकारितामा क्रियाशिल पत्रकार पराजुली लामो समय शिक्षण सेवामा पनि संलग्न हुनु भएको थियो । कास्कीको भदौरे तामागीमा २०२२ मंसिर १३ गते आमा रमा पराजुली र बाबु लिलाधर पराजुलीको कोखबाट जन्मेका पराजुलीका दुई श्रीमती, दुई छोरी र एक छोरा रहेका छन ।

नेपाल प्रेस युनियन यस शोकको घडीमा स्वर्गीय पत्रकार केपी शर्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक्सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछ ।

अजयबाबु शिवाकोटी 
महासचिव

२०७४ असोज १३



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ