arrow

सांसद चन्द्र भण्डारीले बोटेहरुका घरमा भित्र्याए दशैं 

logo
प्रकाशित २०७४ असोज १३ शुक्रबार
chandra-bhandari.jpg

गुल्मी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीले विपन्न बोटे माझीहरुको घरमा दशैं भित्र्याइदिएका छन् । गुल्मीको बलिथुमको बोटेगाउँमा भण्डारी पुगेसंगै दशैं भित्रिएको हो । 

हुन पनि उनले काठमाडौंबाट गुल्मी जाने क्रममा आफ्नो घरमा भन्दा पहिले बोटे माझीहरुको घरमा दशैं भित्र्याइदिने वाचा गरेका थिए । 

उनी माझीवस्तीमा पुग्नुअघि नै माझीहरु उनको व्यग्र प्रतिक्षामा थिए ।  ‘मर्दा छातीमा राख्ने पैसो त छैन, अझ झन दशै खर्चको कुरा गर्नु हुन्छ’– ७२ वर्षिय मनबहादुर बोटे माझीले भन्दै थिए चन्द्र भण्डारीले दशै खर्च ल्याईदिंदै छन् भन्ने सुनेर विहानैदेखि आँखा उतै लगाएर चौपारीमा कुरेर बसेको छु ।’

३ वर्षदेखि त्यहाँका बोटे माझी समुदायका छोरा छोरीहरुलाई कपी कलम , डे«स र खाज आफ्नो तलव भत्ताबाट उपलव्ध गराउँदै आएका गुल्मी क्षेत्र नम्वर २ का सांसद चन्द्र भण्डारीले पोहोर सालदेखि त्यस गाउँका सम्पुर्ण बोटे माझी समुदायसंग वसेर दशैं मनाउँदै आएका छन् ।

सांसद भण्डारी उनीहरुलाई दशैं खर्च उपलवध गराउँदै छन् भन्ने जानकारी पाउन साथ त्यहाँ पुगेका उनीहरु खुशी देखिन्थे । 

नेता भण्डारीले यस वर्षको दशैंका लागि सत्तामीको दिन ५० हजार नगद र जिन्सी‘सहित लगेर त्यहाँ पुगेका थिए ।

गाडीमा राखेर लगेको उक्त जिन्सी चौरमा खसाल्दै गर्दा उनिहरुको चेहरा खुशीले गद्गद देखिन्थ्यो ।

उनले वोटेमाझीका नानी वावुहरुलाई नानाचाचा अर्थात कपडाहरु पनि लगिदिएका छन् । कपी किताव लगायतका जिन्सीहरु पाएपछि उनिहरु मख्ख देखिन्थे । 

अगुवा युवाहरुलाई उनले माछा, मासु र अन्य खानपिन सामग्रीको जोहो गर्न पनि लगाइसकेका छन् ।

बोटे र कुमालसहित १ सय २५ घरधुरीमध्ये अति विपन्न छानेर सांसद भण्डारीको पहलमा त्यहाँका ५० घरधुरी खरका झुपडीहरुले अब दुई लाख ३४ हजार मुल्य वरावरको टिनको छानासहित चिटिक्कका दुई कोठे नयाँ घर पाउने भएका छन् । 

५० घर निमार्णका लागि १ करोड १ लाख ७० हजारमा सोही गाउँपालिकाका युवा निर्मार्ण व्यवासयी जिवन थापाले जिम्मा लिएर अव छिट्टै काम थालनी गर्दै छन् ।

२०६८ सालमा माओवादी नेतृत्वको सरकारले ल्याएको जनता आवास कार्यक्रमलाई त्यस यताको सरकारले पनि निरन्तरता दिएको थियो । 

यसपालीको सरकारको नेतृत्व सम्हालेको कांग्रेसकोबाट नेता भण्डारीले देशका अन्य जिल्लामा भन्दा गुल्मीमा यति बढि सख्यामा घर पार्न सफल भएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ