arrow

बैतडीबाट काँग्रेसका उम्मेदवार सिफारिस, को–को छन् आकांक्षी ?

logo
प्रकाशित २०७४ असोज १३ शुक्रबार
Congres-FNL.jpg1.jpeg

बैतडी । आउँदो मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि  बैतडी काँग्रेसले आकांक्षी उम्मेदवारको नामावली केन्द्रमा पठाएको छ ।

क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिले उम्मेदवारको टुंगो लगाउन नसकेपछि आकांक्षीहरुको नामावली केन्द्रीय समितिमा पठाइएको नेपाली काँग्रेस बैतडीका महासमिति सदस्य तथा प्रतिनिधिसभाका लागि उम्मेदवारका आकांक्षी चतुरबहादुर चन्दले जानकारी दिए ।

प्रदेशसभाका लागि दुई र प्रतिनिधिसभाका लागि एक क्षेत्र रहेको बैतडीमा तीनजना उम्मेदवार हुने भएपनि काँग्रेसमा २८ जना आकांक्षी देखिएपछि जिल्लामा टुंगो लगाउन नसक्दा केन्द्रमा पठाइएको हो ।

प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ बैतडीमा एक पदका लागि पाँचजना उम्मेदवारका आकांक्षी देखिएका छन् । आकांक्षी उम्मेदवारहरुमा चतुरबहादुर चन्द, नरबहादुर चन्द, उत्तरबहादुर ऐर, विनयध्वज चन्द र दिनेशप्रसाद भट्ट रहेका छन् ।

प्रतिनिधिसभा समानुपातिक खुल्लामा नरेन्द्रबहादुर बम, प्रतापसिंह ठगुन्ना, रमेशदत्त पाण्डेय र राजबहादुर चन्द रहेका छन् ।

प्रतिनिधिसभा समानुपातिक समावेशीमा माया बोहरा, जानकी भट्ट, विष्ना जोशी र किरण राई आकांक्षी रहेका छन् ।

यस्तै, प्रदेशसभा निर्वाचनमा प्रत्यक्षका लागि क्षेत्र नं १ बाट हरिमोहन भण्डारी, सुरेन्द्रसिंह ऐर, लोकराज अवस्थी, विष्णुदत्त जोशी, धनबहादुर बोहरा, दीपेन्द्रबहादुर बम, जनकबहादुर चन्द, कपेन्द्र केसी र दीपेन्द्रबहादुर चन्द आकांक्षी उम्मेदवार रहेका नेपाली काँग्रेस बैतडीले जनाएको छ ।

प्रदेशसभा समानुपातिक खुल्लामा विष्णुदत्त अवस्थी, पूर्णबहादुर बोहरा, हरिस विष्ट, विष्णुप्रसाद भट्ट, प्रेमराज पन्त, दीपकबहादुर बम, जोगासिंह साउद, गौरीसिंह रावल, खगेन्द्रसिंह धामी, कर्णबहादुर बोहरा, इन्द्रसिंह ऐर र अमरबहादुर विष्ट आकांक्षी देखिएका छन् ।

प्रदेशसभा समानुपातिक समावेशीमा रमेशराम कोली, टेकबहादुर लुहार, मानबहादुर ऐर, मीना धानुक र जयन्ती कुँवर (भण्डारी) रहेका छन् ।

प्रदेशसभा निर्वाचनमा प्रत्यक्षका लागि बैतडी क्षेत्र नं २ बाट देवराज जोशी, पूर्णानन्द लेखक, पुरनचन्द्र लेखक, दमनबहादुर चन्द, तेजबहादुर चन्द, जनकराज भट्ट, गजेन्द्रबहादुर चन्द, ईश्वरदत्त भट्ट, जनक भट्ट, प्रेमबहादुर चन्द, रमेशसिंह भण्डारी, शिवराज भट्ट, हर्कबहादुर चन्द र सुरेन्द्रबहादुर चन्द आकांक्षी देखिएका छन् ।

समानुपातिक खुल्लाका लागि महेशशरण भट्ट, यज्ञराज पन्त, भीमबहादुर चन्द, पे्रमबहादुर चन्द र दिनेशबहादुर चन्दको नाम केन्द्रमा पठाइएको हो । प्रदेशसभा समानुपातिक समावेशीका लागि राजेन्द्रप्रसाद कलौनी, चन्द्रबहादुर भाट, प्रेरणा शाही (थापा), पार्वती चन्द, धनमाया ठगुन्ना, देवु ठगुन्ना, कान्ता चन्द (शाही) र कमला चन्द आकांक्षी रहेका छन् ।

काँग्रेस केन्द्रीय समितिले असोज १७ गतेसम्म आकांक्षीका नाम सिफारिस गर्नका लागि निर्देशन दिएकाले सोहीअनुसार नै केन्द्रमा पठाइएको जनाएको छ । काँग्रेस केन्द्रीय समितिले असोज २९ गतेभित्र उम्मेदवारको टुंगो लगाएर जिल्ला पठाउने बताइएको छ ।

सरकारले गत भदौ तेस्रो साता आगामी मंसिर महिनामा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन भौगोलिक अनुकूलतालाई हेरेर पहिलो चरणमा मंसिर १० मा हिमाली एवं उच्च पहाडी ३२ जिल्ला र दोस्रो चरण मंसिर २१ मा पहाडी तथा तराईका ४५ जिल्लामा निर्वाचन सञ्चालन गर्ने निर्णय गरेको थियो ।

बैतडीमा पहिलो चरणमा आगामी मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुने भएको छ ।

दुई निर्वाचन क्षेत्र रहेको बैतडी जिल्लालाई निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधिसभाको १ र प्रदेशसभाका लागि २ निर्वाचन क्षेत्र कायम गरेको छ ।

आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बैतडीका अन्य राजनीतिक दलहरु उम्मेदवारको खोजी गरिरहेका छन् ।

माओवादी केन्द्रले असोज ५ गते उम्मेदवारको टुंगो लगाएको छ भने एमाले, राप्रपालगायतका दलले उम्मेदवारको खोजी गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ