arrow

टीकाको साइत ११ः५५ मा, राष्ट्र प्रमुखले साइतमै टीका लगाउनु पर्ने

logo
प्रकाशित २०७४ असोज १३ शुक्रबार
tika.JPG

काठमाडौं । यो वर्षको बडादशैंको टीका लगाउने शनिबार विहान ११ बजेर ५५ मिनेट उत्तम मानिएको छ ।
नेपाल पञ्चांग निर्णायक समितिले दुर्गाभवानीको प्रसाद लगाउनका लागि साइतको जरुरी नपर्ने तर साइत नै खोज्नेहरुका लागि भने ११ बजेर ५५ मिनेटको समय उत्तम रहेको जनाएको हो ।

यद्यपि, पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गाैतमले राष्ट्र प्रमुख वा सरकार प्रमुखले मात्रै साइत पक्रिनु पर्ने र अन्यको हकमा साइत नचाहिने बताएका छन् ।

विजयादशमीका दिन बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन गर्ने समय रहेको पनि समितिले जनाएको छ । गौतमले राज्य सञ्चालनको जिम्मेबारी सम्हालिरहेकाहरुले साइतमै टीका लगाउनु उत्तम हुने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ