arrow

राष्ट्रपतिबाट ४ सय ५६ कैदीको सजाय मिनाह

logo
प्रकाशित २०७४ असोज १३ शुक्रबार
Bidhya-bhandari-parmanikarn.jpeg

काठमाडौं । बडादशैंको अवसर पारेर ४ सय ५६ कैदीले राष्ट्रपतिबाट सजाय मिनाह पाएका छन् । सरकारले गरेको सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीहरुको सजाय माफी गरिदिएकी हुन् ।

व्यवहार सुधार भएका र कैद सजाय छोट्याउन योग्य देखिएका ४ सय ५६ जना कैदीको भुक्तान हुन बाँकी कैदको सजाय माफी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता मोहन प्रसाद वाग्लेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संविधानको धारा २७६ मा सजाय माफीको व्यवस्था छ । त्यही व्यवस्थालाई टेकेर  सजाय माफ गरिएको विज्ञप्तिमा जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ