चमलको सेतो टीका निधारमा र बबरीको फूल र मकैको जमरा थारु समुदायको शिरमा
प्रकाशित २०७४ असोज १४ शनिबार
823
Shares
दाङ। थारु समुदायमा नवमीको दिन बडा दशै धुमधामका साथ मनाईदैछ। चामलको सेतो टीका,बबरीको फूल र मकैको जमरा मान्यजनबाट ग्रहण गर्ने चलन छ। शान्तिको प्रतिकको रुपमा सेतो टीका ग्रहण गर्ने गरेको उनीहरुको बिश्वास छ। आदीबासी जनजातिहरु थारु समुदाय भएकाले उनीहरुले मनाउने परम्रागत धार्मिक कार्यक्रममा उतीबेला रङ उपलब्ध हुन नसक्ने भएकाले पनि सेतो नै रङ प्रयोग भएको हुन सक्ने बिश्वास छ।
दाङ लगायत बाँके,बर्दिया,सुर्खेत,कैलाली र कञ्चनपुरका थारु समुदायको मतहवा,बडघर र भल्मन्साको घरमा गई नवमीमा दशै मनाएका छन्। मतहवा, बडघर, भलमन्सा लगायतसग सेता टीका जमरा लगाई आर्शिबाद लिने प्रचलन छ। तर गुरुवाको घरमा गई दशमीको दिन रातो टीका र जमरा लगाउने प्रचलन पनि रहेको थारु समुदायका अगुवाहरुको कथन छ। नँया लुगा लगाई मिठो मिठो खानेकुरा खाई थारु समूदायमा हर्षउल्लासका साथ मनाई रहेका छन्। केही दिनअघिदेखि थारु बाहुल्यता भएका गाँउमा गुन्जने मादल र सखीया तथा झुमरा नाच गान नवमीको दिन मान्यजनको घरका आगनमा गुन्जेका छन्।
हिजो अस्तीका दिनमा खानपनी गरी सकेपछि साँझपख् नाँच्ने सखीया र झुमरा नाच नवमीका दिन भने मतहवा,भलमन्सा र बडघरको घरमा दिउँसो भएका छन्।थारु गाउँबस्तीमा कृष्णाष्टमी देखि झुमरा तथा सखिया नाचको गीत गाउन शुरु भए पनि त्यसलाई नाचको रुपमा नाच्नेहरुसँगै गाउने काम भने दशैंमा हुने गर्छ। यसैबिच श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीका हातबाट टीका ग्रहण गर्ने र आर्शिबाद लिनेहरु थारु समुदायको आज तुलसीपुर स्थीत निवासमा ठुलो भिड लागेको छ।
सेता टीका,मकैको जमरा र बबरीको फूल एक आपसमा लगाउने प्रचलन थारु समुदायमा छ। गाँउको मतहवाको घरमा टीका ग्रहणका लागि मादल बजाउदै हातमा घरघरबाट जमरा र सेतो टीका लिएर राज्यमन्त्रिको घरमा थारु समुदायको ठुलो संख्यामा उपस्थीति थियो।