arrow

राष्ट्रपति भण्डारीलाई टीका प्रदान

logo
प्रकाशित २०७४ असोज १४ शनिबार
tika-1.JPG

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आज विहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा हनुमानढोका दसैँघरका मूल पुजारी देवराज अर्यालबाट विजयादशमीको टीका ग्रहण गरेकिछिन्। राष्ट्रपति भवन शीतल निवासमा मूल पुजारी अर्यालले राष्ट्रपति भण्डारीलाई शास्त्रोक्त विधिपूर्वक अभिषेक गर्दै जमरा र नवदुर्गाको प्रसाद प्रदान गरेका थिए।

सो अवसरमा राष्ट्रपति भण्डारीले मूल पुजारी अर्याललाई पनि टिका लगाए। सोही अवसरमा राष्ट्रपति भण्डारीलाई उनीकी आमा मिथिला पाण्डे, काका जयन्त पाण्डेले पनि टीका लगाए। राष्ट्रपति भण्डारीले छोरी उषाकिरण भण्डारी र निशा कुसुम भण्डारी तथा ज्वाई उमेश थापा र अभिषेक यादव लगायत आफ्ना परिवारका अन्य सदस्य तथा आफन्तहरुलाई टीका लागाएकिथिन्।

राष्ट्रपतिले सर्वसाधारणलाई दसैँको टीका आज अपरान्ह २ बजेदेखि लगाइदिने कार्यक्रम रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ