arrow

बसको ठक्करबाट दुई गम्भीर घाइते

logo
प्रकाशित २०७४ असोज १५ आइतबार
accident-final.jpeg

जितपुर । बसको ठक्करबाट कपिलवस्तुमा शनिबार दुईजना गम्भीर घाइते भएका छन् । 

पूर्व–पश्चिम राजमार्गस्थित शिवराज नगरपालिका–५, समिति चोकमा बुटवलबाट नेपालगन्ज आउँदै गरेकोे लु १ ख ९३४७ नम्बरको बसले साँझ साइकललाई ठक्कर दिँदा शिवराज नगरपालिका–३ मदवाकी २२ वर्षीया अमृता सुनार र ११ वर्षीया शर्मिला सुनार गम्भीर घाइते भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । 

घाइते दुवैको चन्द्रौटामा उपचार हुन नसकेपछि बुटवल रिफर गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ