पात्रोमा मात्र सिमित दशै, बास्तविक दशै मनाएको अनुभूति : कांग्रेस नेता भण्डारीले
कौरव खत्री,
प्रकाशित २०७४ असोज १५ आइतबार
858
Shares
गुल्मी। नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्र नं. २ का सांसद चन्द्र भण्डारीले बलिथुका बोटे माझीहरुको लागि घर निर्माण गरिदिने घोषणा गरेका छन्। नेता भण्डारीले गुल्मी दरवार गाँउपालिका १ बलिथुममा रहेका बोटे माझीहरुलाई दशैको टिका लगाउन माझी बस्तीमा पुगेका नेता भण्डारीले दशैको उपहार स्वरुप सिमान्तकृत बोटे माझी र कुमाल बस्तीहरुको लागि ५० घर निर्माण गरिदिने बताएका छन्।
साथै नेता भण्डारीले आफ्नो बोटे माझी बस्तीका घरदैलोमा पुगेर दशै मनाउन आउदा माझीहरुको लागि दशै पात्रोमा मात्र आउने गरेको तर बास्तविक दशैको महत्व बुझेको र सबै मिलेर जना एक आपसमा मिलेर सुख दुख साटासाट गर्ने पर्वको अनुभूति भएको भन्दै माझी समुदायहरुमा धेरै परिवर्तन र विकासमा नेता भण्डारीले निरन्तर सहयोग गदै माझी समुदायलाई माथि उठाउन ठूलो सहयोग पुगेकोले आफूहरु निकै हर्षित भएको स्थानीय युवा होम बहादुर माझीले जानकारी दिए।