arrow

बुटवल पाल्पाखण्ड अवरुद्ध, दशैंमा हिंडेकाहरु अलपत्र

logo
प्रकाशित २०७४ असोज १५ आइतबार
Palpa_District.png

बुटवल । अविरल वर्षाका कारण खसेको पहिराले गर्दा सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल पाल्पाखण्ड अवरुद्ध भएको छ । 

राजमार्गको पाल्पा सिद्धबाबा मन्दिर नजिकै राति पहाड माथिबाट खसेको ढुङ्गा सहितको पहिराले गर्दा करिब ११ः३० बजेदेखि सडक आवागमन अवरुद्ध भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

सडक अवरुद्ध हुँदा आवतजावत गर्ने सयौँ सवारीसाधन राजमार्गको दुवैतर्फ रोकिएका छन् भने दशैँको टीका लगाउन हिँडेका सर्वसाधारण अलपत्र परेका छन् । 

अवरुद्ध राजमार्ग खुलाउन बुटवल तथा पाल्पाबाट दुईतर्फ डोजरले काम गरिरहेको भए पनि पहिरो निकै ठूलो भएकाले अझै केही समय लाग्ने प्रहरीले जनाएको छ । 

केही दिन पहिले पनि सोही नजिकै माथिबाट खसेको ढुङ्गा पहिराले एउटा ट्रक र कारलाई च्याप्दा तीन जनाको ज्यान गएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ