arrow

सेतो घोडाजात्रा सम्पन्न 

logo
प्रकाशित २०७४ असोज १५ आइतबार
seto-ghoda-jatra.jpeg

भक्तपुर । बडादशैँको मध्यरातमा हुने ऐतिहासिक तथा सांस्कृतिक महत्वको सेतो घोडाजात्रा शनिबार राति सम्पन्न भएको छ । 

सेता घोडाजात्रा प्रत्येक वर्ष विजयादशमीका दिन रात्रि समयमा हुने गर्छ । 

विजयादशमीको राति तलेजु भवानीलाई तलेजुका चार मूल नाइके, आचाजु, जोशी र राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप कालरात्रि पूजा, टीका साइत पूजा गरी विसर्जन पूजा सम्पन्न गरिएपछि सेतो घोडाजात्रा हुने परम्परा छ । 

जात्रा हुनुअघि सेतो घोडालाई एउटा भेँडा बलि चढाइसकेपछि घोडालाई भक्तपुर नगरमा डुलाई घोडाजात्रा गर्ने प्रचलन छ । 

तलेजुको मूलचोकबाट सेतो घोडालाई बाहिर ल्याइसकेपछि भक्तपुर नगरको तल्लो दरबार क्षेत्रबाट भार्वाचो, वंशगोपाल, भुजीकोखा, नारायणचोक र माथिल्लो दरबार क्षेत्रबाट दत्तात्रय टौमढी हुँदै नारायणचोकसम्म घुमाई जात्रा सम्पन्न गरिन्छ । 

जात्राका क्रममा दरबार क्षेत्रस्थित पशुपतिनाथलाई घोडानाच देखाउन तीन पटक दगुराउने गरिन्छ । 

घोडालाई तलेजु भवानीका वाहनका रुपमा पुजिँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ