सिराहा । सिराहाको धनगढीमाई नगरपालिका १० मा शनिबार राति साढे ११ बजे स ६ प ६८०४ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएर पल्टिदा १ जनाको मृत्यु भएको छ ।
पैदलयात्री द्धय स्थानीय आशाराम महतो र सन्तोष यादवलाई ठक्कर दिएर मोटरसाइकल पल्टिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडि सवार स्थानीय २१ वर्षीय रामेश्वर रामको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटो मै मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक र पैदलयात्रुहरु भने सामान्य घाइते भएका छन् ।
उनीहरुको सप्तक्रृषी अस्पताल लहान मै उपचार भैरहेको प्रहरीले जनाएको छ ।