नुवाकोट । दुप्चेश्वर गाँउपालिका–१घ्याङफेदी स्थित टाछी छोइलिङ गुम्बामा सामूहिक दशै पर्व मनाएर आइतबार टिका ग्रहण गरिएको छ ।
साविक शिखरबेसी गाविस वडा नम्बर ४, ७, ८ र ९ का करिब चार सय तामाङ समुदायका बासिन्दाले गुम्बाका प्रमुखसंग सामूहिक रुपमा दशै पर्व मनाउदै टिका ग्रहण गरेका हुन् ।
परम्परादेखि नै चल्दै आएको सामूहिक टिका लगाउने परम्परालाई यसबर्ष पनि निरन्तरता दिइएको टाछी छोइलिङ गुम्बाका सदस्य एंव गुम्बा लामा तेन्जिङ लामाले जानकारी दिए ।
दशै पर्वको समयमा घरमा आउन नसक्नेहरु पनि गुम्बामा टिका ग्रहण गर्न अनिवार्य उपस्थित हुने गरेका छन् ।
बौद्धमार्गीको बासोबास रहेको यस स्थानमा दशै पर्वको अवसरमा एकादशीको दिन सामूहिक रुपमा भोज खाएर दशै पर्व मनाउदै टिका ग्रहण गर्ने प्रचलन छ ।