arrow

बसले नियन्त्रण गुमायो, नालीमा कोल्टिदा ६ घाइते

logo
प्रकाशित २०७४ असोज १६ सोमबार
accident-final.jpeg

धादिङ्ग । धादिङ्गको बेनीघाट रोराङ्ग गाउँपालिका ५ गौमित पुल नजिकै आइतबार राती बस नियन्त्रण गुमाएर पल्टिदा ६ जना यात्रु घाइते भएका छन् । 

घाइतेहरुलाई उपचारको लागी मलेखु अस्पताल पठाइएको छ । घाइतेमध्ये काठमाडौं कीर्तिपुर नगरपालिका १८ वस्ने ४२ वर्षीय नरेन्द्र कटुवाल, सोही ठाउँका ४० वर्षीय सुरेन्द्र मानन्धर र काठमाडौ महानगरपालिका ३ बस्ने ४५ वर्षीय देवी लामाको अवस्था भने गम्भीर रहेको छ । 

काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको बा २ ख २७७ नम्बरको बस नियन्त्रण गुमाएर सडकको नालिमा कोल्टिन पुगेको थियो । 

बसमा सवार अन्य व्यक्तिमहरु भने सकुशल रहेको र चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बेनीघाट धादिङ्गले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ