उर्लाबारी । मोरङको पथरीशनिश्चरे नगरपालिका–७ मा सोमबार राति छुरा प्रहारबाट एक युवक घाइते भएका छन् ।
लिंगे पिङ खेल्नेक्रममा विवाद हुँदा पिङ खेल्न आएका अपरिचित ३०–३५ जनाको समूहले सोही स्थान बस्ने भोला थापाका २० वर्षीय छोरा मदन थापामगरलाई राति १२ः१५ बजे छुरा प्रहार गरेको स्थानीयवासीले बताएका छन् ।
छुरा प्रहारबाट घाइते मगरलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको छ । छुरा प्रहार गर्ने समूहको खोजी भइरहेको इलाका प्रहरी कार्यालय, पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिए ।
यस्तै, मोरङकै बूढीगंगा गाउँपालिका–२ गंगाचोक बस्ने १९ वर्षीय राकेशकुमार झा खुकुरी प्रहारबाट घाइते भएका छन् ।
उनलाई सोही ठाउँका १८ वर्षीय सुमितकुमार झाले सामान्य विवाद हुँदा साँझ ७ बजेतिर खुकुरी प्रहार गरेका थिए । घाइते राकेशको विराट मेडिकल कलेजमा उपचार भइरहेको छ भने खुकुरी प्रहार गर्ने सुमितलाई इलाका प्रहरी कार्यालय, निमुवाले नियन्त्रणमा लिएको छ ।