ओलीसँगको भेटपछि बाबुराम भट्टराई पनि सूर्य चिह्नमा चुनाव लड्न तयार
प्रकाशित २०७४ असोज १७ मंगलबार
925
Shares
काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई पनि सूर्य चिह्न लिएर चुनाव लड्न तयार भएका छन् । मंगलबार एमाले अध्यक्ष केपी ओलीसँगको संक्षिप्त भेटपछि एमालेको चुनाव चिह्नमा चुनाव लड्न बाबुराम तयार भएका हुन् ।
माओवादीसँग चुनावी तालमेलसँगै पार्टी एकता नै गर्ने सहमति भईसकेपछि ओली र भट्टराईबीच भेटघाट भएको थियो । यद्यपि नेकपा माओवादी केन्द्र भने हँसिया हथौडामा नै चुनावमा जाने भएको छ ।