प्रचण्डले भने, 'यो एकीकरण कसैको विरुद्ध छैन, यसले लोकतान्त्रिक शक्तिसँग पनि तालमेल गर्छ'
प्रकाशित २०७४ असोज १७ मंगलबार
831
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको तीन पार्टीबीचको एकीकरण राजनीतिक घटना क्रमको क्रमभंगतामात्रै रहेको बताएका छन् । उनले शान्तिप्रक्रियामा आएदेखि नै आफूले राजनीतिमा जहिलेपनि राजनीतिक क्रमभंग हुनसक्ने बताउँदै आएको भन्दै उनले आफूले बताएको कुरा अहिले सत्य सावित भएको बताएका छन् ।
उनले नेपालका कम्युनिष्ट पार्टीबीच एकताको लागि यस भन्दा अघिदेखि नै धेरै हदसम्म दस्तावेज तयार भएको भन्दै अहिले दस्तावेज पूर्ण रुपमा सम्पन्न भएकोले तालमेल र एकीकरणको काम सुरु भएको स्पष्ट पारे । उनले यो ऐतिहासिक घटनाक्रमले देशमा विकासको नयाँ लहर आउने दाबी गरे ।
उनले राजनीति सम्भावनाको खेल हो भन्दै यहाँ धेरै असम्भव कुरा पनि सम्भव हुने र धेरै सम्भव कुरा पनि असम्भव हुने भन्दै अहिले पनि असम्भव भनिएको कुरा सम्भव भएको स्पष्ट पारेका छन् । उनले यो बृहद् कम्युनिष्ट केन्द्रले अन्य लोकतान्त्रिक शक्तिसँग पनि चुनावी तालमेलमा जान सकिने स्पष्ट पारेका छन् । उनले यो नेपाली काँग्रेसको विरुद्ध नभएको भन्दै मुलुकको विकास र हितको लागि यो एकीकरण भएको स्पष्ट पारेका छन् ।