arrow

वहिर्गमित लडाकुहरुले एकता नभएसम्म आधिकारिक धारणा सार्वजनिक नगर्ने

द्वन्द्वकालीन मुद्दाको त्रास कायमै

logo
प्रकाशित २०७४ असोज १८ बुधबार
ladaku.jpeg

काठमाडौं । वहिर्गमित माओवादी लडाकुहरुले एमालेसँग एकता नहुँदासम्म आधिकारिक धारणा सार्वजनिक नगर्ने बताएका छन् ।

वहिर्गतिम जनमुक्ति सेना नेपालका अध्यक्ष लेलिन विष्टले हाम्राकुरासँग भने, ‘अहिले एकताको कुरा मात्रै चलेको छ । एकता नभएसम्म हामी आधिकारिक धारणा सार्वजनिक गर्दैनौँ ।’ एकता प्रयासलाई कसरी लिनु भएको छ ? जवाफमा उनले भने, ‘नेतृत्वप्रति गुनासो भन्दा पनि शान्ति प्रक्रियाको बाँकी काम पूरा हुने र द्वन्द्वकालीन मुद्दाहरु टुंग्याउने कार्यभार पूरा गर्नु पर्दछ । सधैँभरी मुलुकलाई अनिर्णयको बन्दी बनाइनु हुँदैन । पहिलेदेखि ध्रुविकरणको कुरा आएकाले हामीले सकारात्मक नै भनेका छौँ ।’

माओवादी पार्टीको उत्पत्ति र उद्देश्य तथा १० वर्षे जनयुद्धको उपलब्धिलाई कसरी गणना गर्ने हो ? र तपाईहरुको अस्तित्व के हुन्छ ? जवाफमा उनले भने, ‘ति विषयमा त समझदारी हुनै पर्दछ । मसिनो छलफल आवश्यक छ । सैद्धान्तिक धेरै कुराहरु फरक छन् ।’ मिलन विन्दु खोज्नु पर्दछ ।

तपाईहरु सबै अटाउने वातावरण बन्छ त ? उनले भने, ‘बाबुराम भट्टराईहरु त आए । भने हामी नअटाउने भन्ने कुरा हुँदैन । तर, त्यो अभ्यासमा भर पर्छ ।’ माओवादी अध्यक्ष पुष्पकमल दाहालले द्वन्द्वकालीन मुद्धाकै कारण केपी ओली नेतृत्वको सरकार छोडेको आफै स्वीकारिसकेका छन् ।

जेल पर्ने डरले आफ्ना कार्यकर्ताको रुवावासी चलेको भन्दै दाहालले ओली सरकार छोड्नु परेको कुरा २०७३ वैशाखमा भएको संसदीय दलको बैठकमै भनेका थिए । कार्यकर्तालाई अझै द्वन्द्वकालीन मुद्दाको त्रास छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ