arrow

काँग्रेससहित ६ दलले बनाए ७ सदस्यीय उच्चस्तरीय कार्यदल

logo
प्रकाशित २०७४ असोज १८ बुधबार
Baluwatar_PM_Residence.jpg.jpeg

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेससहित ६ दलले सात सदस्यीय उच्चस्तरीय कार्यदल बनाउने निर्णय गरेका छन् । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचन र मंगलबार मात्रै एमालेसहित तीन दलले गरेको वाम एकता घोषणापछिको रणनीति तय गर्न बसेको ६ दलको बैठकले सात सदस्यीय कार्यदल बनाउने निर्णय गरेको काँग्रेस नेता प्रकाशशरण महतले जानकारी दिए ।

कार्यदलमा काँग्रेसका २ जना, बाँकी पाँच दलका १–१ जना सदस्य रहने छ । यो कार्यदलले लोकतान्त्रिक गठबन्धन निर्माणका लागि पर्याप्त गृहकार्य गर्ने बताइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा भएको बैठकमा काँग्रे, राप्रपा, राप्रपा प्रजातान्त्रिक, राजपा, संघीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरम सहभागि थिए । बैठकमा प्रधानमन्त्री देउवा, कमल थापा, पशुपतिशमशेर राणा, महन्थ ठाकुर , उपेन्द्र यादव, विजय गच्छदार लगायत नेताहरु सहभागि भए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ