arrow

बाम एकताको तेस्रो दिन काँग्रेसले बोलायो कार्यसमिति बैठक, यस्ता छन् एजेण्डा 

logo
प्रकाशित २०७४ असोज १९ बिहिबार
congress-office.jpg.gif

काठमाडौैं । नेपाली काँग्रेसले पार्टी कार्यसमिति बैठक बोलाएको छ । पछिल्लो समय बाम शक्तिहरुबीच एकीकरण भएपछि यसको विषयमा पार्टीको रणनीति तय गर्नको लागि शुक्रबार कार्य समिति बैठक बोलाईएको हो । 

विहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको आसन्न निर्वाचनको विषयमा छलफल गर्नको लागि बैठक बोलाईएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

गत मंगलबार नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिपार्टीबीच एकीकरण गर्ने घोषणा भएसँगै उत्पन्न भएको राजनीतिक तरंगकाबीच काँग्रेसले बोलाएको केन्द्रीय कार्यसमिति बैठकलाई महत्वकासाथ हेरिएको छ ।  

बैठकमा विशेषगरी यही एकीकरणको विषयसँगै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारहरुको टिकटको विषयमा पनि छलफल गरिने भएको छ । त्यस्तै, चुनावमा कस्ता शक्तिहरुलाई सँगै लिएर जाने ? प्रतिस्पर्धीसँग जुध्नको लागि कस्तो रणनीति अपनाउजे लगायतका विषयमाथि पनि छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ