arrow

दशगजामा भारतले दादागिरी शैलीमा बनाएको डिल नेपालले भत्कायो

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ असोज १९ बिहिबार
dasgaja_dil.jpg

बिचफाँटा । कञ्चनपुरको दक्षिणी सिमान्त पुनर्वास नगरपालिकाको बिचफाँटा स्थित नेपाल भारत सीमा क्षेत्रमा भारतीय वन विभागले बनाउदै गरेको अग्लो डिल निर्माणको काम नेपाल प्रहरी र सशस्त्रको टोलीले बिहीबार बन्द गराएको छ । सीमावर्ती भारतीय दुधुवा निकुञ्जको सुरक्षार्थ परिचालित सोठियाना वन कार्यालयको मातहतमा रहेको क्यामा वन विभागको चौकीले नेपाल- भारत दशगजामै खनेर अग्लो डिल निर्माणको काम थालेको थियो । 

भारतीय वन विभागले अन्तराष्ट्रिय मर्यादा मिचेर शुरु गरेको डिल निर्माणको काममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले रोक लगाएको हो । नेपाल-भारत सीमा स्तम्भ नम्बर १९३ देखि पुर्वी उत्तर तर्फ करिब १५० मिटर ट्रेन्च खनेर नेपाल तर्फको दशगजामा बनाएको अग्लो डिल निर्माणको काम अन्तरास्ट्रिय मर्यादा बिपरित भएको ठहर गर्दै नेपाली पक्षले रोक लगाएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक दलराम टमाटाले बताए । 

वन्यजन्तुको संरक्षण गर्न र नेपाल तर्फ साना वन्यजन्तु आउन रोक्नका लागि बनाउन लागिएको भारतीय वन विभागको क्यामा चौकीले जनाएको छ । नेपाली प्रशासनसँग समन्वय र अनुमती नलिर्इ भारतीय पक्षले दशगजामा कुनै पनि संरचना बनाउन नपाउने प्राबधान हुदाँहुदै भारतीय वन बिभागले निर्माण थालेको डिल बनाउने काम भत्काउन लगाएर निर्माणमा रोक लगाएको बेलौरी स्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा बलका सशस्त्र प्रहरी निरीक्षक भिमसिह थापाले बताए ।

भारतीय पक्षले दशगजामा बनाउदै गरेको अग्लो डिलका कारण पानीको निकास समेत थुनिने र नेपाली भुभाग डुबानमा पर्ने देखिए पछि प्रहरी प्रशासन लाई खबर गरि निर्माणको काम रोकिएको पुनर्वास नगरपालिका ९ का वडाध्यक्ष नारायण जैसीले बताए । चौध वर्ष अघि भारतीय वन बिभागले सोही क्षेत्रको सीमा स्तम्भ नम्बर १९४ देखि पश्चिमी दिशा तर्फ ट्रेन्च बनाएर प्याराताल सहित ७०० बिगाहा नेपाली भुमी अतिक्रमणको प्रयास गरेको थियो । 

२०६०मा नेपाली भुमिमा पिल्लर गाढेर गरिएको अतिक्रमणको प्रयास ०६२ जेठमा स्थानीय जनताले भत्काएर असफल बनाएका थिए । कञ्चनपुरको दक्षिणी क्षेत्र स्थित बिचफाँटामा गरिएको भारतीय अतिक्रमण विरुद्ध पहिलो पटक बिरोधमा उत्रिएका स्थानीयको कारण भारतीय पक्षले माफी मागेको थियो । सीमा अतिक्रमण र अन्तरास्ट्रिय मर्यादा उलंघनका प्रयास सो क्षेत्रमा नियमित हुने गरे पनि स्थायी र दीर्घकालीन ब्यबस्थापनमा सरकारी पहल हुन नसक्दा सो क्षेत्रको सीमा ब्यबस्थापनमा चुनौती थपिएको सीमा मामिलाका जानकारहरु बताउछन।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ