काठमाडौं । केही समय अघि मात्रै राप्रपाबाट फुटेका दुई राप्रपा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) पार्टीबीच एकीकरण हुने भएको छ । दुबै राप्रपाले यस विषयमा जानकारी दिनको लागि अपराह्न ५ बजे रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गर्ने तयारी गरिरहेको राप्रपा प्रजातान्त्रिकका नेता राजेन्द्र गुरुङले जानकारी दिएको छ ।
उनीहरुबीच अहिले चुनावी तलमेल गर्ने र यसैको अाधारमा पछि पार्टी एकीकरण गर्ने विषय समेत घोषणा गरिँदैछ । उनीहरु अहिलेको लागि गोलाकार भित्रको हलोमा नै चुनाव लड्न सहमत भएका छन् । पार्टीको सिद्धान्त र अन्य विषयमा भने पछि पाटी एकीकरण भएपछि कार्य योजना तय हुने राप्रपाको योजना छ ।