एमाले नेताले कुटे स्वास्थ्य र बिद्युतका कर्मचारी, फुटाए टाउको, भाँचिदिए करङ
दिपक अधिकारी ।
प्रकाशित २०७४ असोज १९ बिहिबार
622
Shares
बेसीशहर। बेसीशहर नगरपालिका वडा नं. ४, पुरानोकोटको स्वास्थ्य चौकी र बिद्युतमा काम गर्ने कर्मचारीमाथी एमालेका स्थानिय नेताले कुटिपिट गरेका छन् । पुरानोकोट स्वास्थ्य चौकीका अहेब तेजबहादुर कुमाल र लमजुङ बिद्युत उपभोक्ता संस्थाका कर्मचारी भिमबहादुर गुरुङमाथी एमाले नेताले कुटपिट गरेका हुन्।
नेकपा एमाले पुरानोकोट गाउँ कमिटिका अध्यक्ष भोजबहादुर गुरुङको नेतृत्वमा करिब डेढ दर्जन यूवाहरुको समुहले कर्मचारीमाथि निर्घात कुटपीट गरेको हो । कुटपीटबाट स्वास्थ्यचौकीका अहेब कुमालको करङ भाँच्चिएको भने टाउकोमा गम्भिर चोट पुगेको छ । त्यस्तै लमजुङ बिद्युत उपभोक्ता संस्थाका कर्मचारी गुरुङको बायाँ तिघ्रा र हातमा गम्भिर चोट लागेको छ ।
पिङ खेल्न जाने क्रममा भएको सामान्य बिबादलाई लिएर एमाले अध्यक्ष गुरुङको नेतृत्वमा एमाले निकट यूवाहरुले बिनाकारण संयोग गूरुङलाई समेत कुटपिट गरेका थिए । कुटपीटबाट उनको आँखा र नाकमा चोट लागेको छ ।
घाईतेहरुमध्ये गुरुङद्धयको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भईरहेको छ भने अहेब कुमाललाई पोखरा स्थित मणीपाल अस्पताल रिफर गरीएको छ ।
यता घटनामा संलग्नहरुलाई कारवाहीको माग गर्दै घाईतेहरुले संयूक्तरुपमा प्रहरीमा सार्बजनिक मुद्धाका लागि किटानी जोहेरी दिएका छन् । घटनाका मुख्य दोषी भोजबहादुर गुरुङ प्रहरी नियन्त्रणमा रहेको र बाँकी फरार रहेको प्रहरी नायब उपरीक्षक पदमबहादुर बिष्टले जानकारी दिए ।