उम्मेदवार तोक्ने काँग्रेसको संसदीय बोर्डमा को को ?
प्रकाशित २०७४ असोज २० शुक्रबार
514
Shares
काठमाडौं । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाली कांग्रेस केन्द्रीय समितिको शुक्रबारको बैठकले बिहान बस्दैछ ।
प्रधानमन्त्री निवास वालुवाटारमा बस्दै गरेको बैठकले संसदीय बोर्ड बनाउँदै छ ।
यो बोर्डले मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधिसभाका लागि उम्मेदवार चयन गर्ने काम गर्छ ।
१५ सदस्यीय बोर्ड हुनेछ । सभापति शेरबहादुर देउवाको संयोजकत्वमा बन्ने बोर्डमा को को होलान् त सदस्यहरु ?
को हुन सक्छन् सम्भावित सदस्यहरु ?
वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, कृष्ण प्रसाद सिटौला, प्रकाशमान सिंह, केबी गुरुङ, अर्जुन नरसिंह केसी, विमलेन्द्र निधि, पुर्णबहादुर खड्का, खुमबहादुर खड्का, बालकृष्ण खाँड, डा रामशरण महत, ज्ञानेन्द्र बहादुर कार्की, सुजाता कोइराला, शेखर कोइराला, डा प्रकाश शरण महत, डा मिनेन्द्र रिजाल, रमेश रिजाल र दिलेन्द्र बडू, महेश आचार्य, मानबहादुर विश्वकर्मा, गोपालमान श्रेष्ठ ।
सदस्यहरुमा अधिकांश शेरबहादुर देउवा पक्षका हुने स्रोतले बताएको छ । देउवा पक्षबाट अर्जुन नरसिंह केसी, विमलेन्द्र निधि, बालकृष्ण खाँड, प्रकाशशरण महत, केबी गुरुङ, फर्मुला मन्सुर, रमेश रिजाल, गोपालमान श्रेष्ठ ।
पौडेल तथा कोइराला परिवार गरी सीतादेवी यादव, डा रामशरण महत, प्रकाशमान सिंह, महेश आचार्य, शेखर कोइराला, सुजाता कोइराला । पुर्ण बहादुर खड्का देउवा तथा खुमबहादुर खड्का पक्षमा मानिन्छन् । त्यस्तै कृष्ण प्रसाद सिटौलाबाट अरु पर्ने सम्भावना कम छ ।
को नपर्ने सम्भावना बढ्यो ?
पहिले टिममा रहेका विनयध्वज चन्द तथा आनन्द प्रसाद ढुंगाना पर्ने सम्भावना न्युन छ ।