अहिलेसम्म बस्न सकेन कांग्रेस केन्द्रीय समितिको बैठक, कारण यस्तो
प्रकाशित २०७४ असोज २० शुक्रबार
517
Shares
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक शुक्रबार बिहान ८ बजे बोलाइए पनि १० बजेसम्म पनि बस्न सकेको छैन ।
प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने भनिएको बैठकका लागि केन्द्रीय समिति सदस्यहरु आउने जाने क्रम चलिरहेको छ । तर बैठक यति नै बजे बस्छ भनी किटान गर्न सक्ने अवस्था रहेको छैन ।
वृहत लोकतान्त्रिक गठबन्धनको कार्यदलको बैठक बसिरहेकाले उक्त बैठक नसकिउन्जेलसम्म केन्द्रीय समिति बैठक बस्ने सम्भावना नरहेको बताइएको छ ।
कार्यदलको बैठक वालुवाटारमै जारी छ ।
केन्द्रीय समिति बैठकले संसदीय बोर्ड बनाउने लगायतका एजेन्डामा छलफल गर्दैछ ।
बोर्डमा बस्ने सदस्यहरुका लागि अहिले रस्साकस्सी चलिरहेको बताइन्छ ।
बोर्डले नै आसन्न निर्वाचनका लागि उम्मेदवारको अन्तिम टुंगो लगाउने भएकाले पनि शिर्ष नेताहरु बीच हानथाप चलिरहेको स्रोतले बताएको छ ।
नेताहरु गुटबन्दीमा बस्न थालिसकेका छन् ।
सत्ता साझेदार माओवादी केन्द्रले आसन्न निर्वाचनका लागि नेकपा एमालेसँग चुनावी तालमेलसँगै पार्टी एकीकरणको पहल थालेपछि कांग्रेसले केन्द्रीय समिति बैठक डाकी सबै समस्याको समाधान गर्न बैठक डाकेको हो ।