फोरम नेपालका केन्द्रीय सदस्य चौधरीद्वारा राजीनामा, कांग्रेसमा प्रवेश गर्ने तयारी
प्रकाशित २०७४ असोज २० शुक्रबार
898
Shares
कपिलवस्तु । संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य केदार प्रसाद चौधरीले पार्टीबाट राजीनामा दिएका छन । नेपाल प्रेस युनियनद्वारा बुद्धभुमि नगरपालिकाको धनकौलीको हरदासडिहवा स्थित आफनै निवासमा राखिएको पत्रकार भेटघाट कार्यक्रममा उनले साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका हुन ।
पार्टीमा निष्ठावान कार्यकर्ताहरुको मुल्यांकन हुन नसक्नु तथा पार्टीले अहिले देशका राजीनिक परिस्थितिको विश्लेषण नगरेको उनको ठम्याई छ । बाम पार्टीहरु एक भई झुठो आश्वासन दिईरहेको बेला लोकतान्त्रिक पक्षधर एक हुनु पर्नेमा फोरमले आफुलाई अलग्गै कित्तामा राखेकोले पनि आफुलाई निकै चिन्तित तुल्याएको उनले बताए ।
तत्कालीन धनकौली गाबिसमा चार पटक गाबिस अध्यक्ष निर्वाचित चौधरी कांग्रेसमा प्रबेश गर्ने तयारी गरेको परिवारिक स्रोतले जनाएको छ । यस अघि फोमरका केन्द्रिय सदस्य अभिषेक प्रताप शाह पनि पार्टीबाट राजीनामा दिई कांग्रेसमा जाने तयारी गरेको छन ।