arrow

लुम्बिनी रहेको प्रदेश नं ५मा सबैभन्दा बढी मतदाता थपिए (प्रदेशगत सूची सहित)

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७४ असोज २१ शनिबार
province_wise_voters.jpg

काठमाडौं । ४ वर्ष अघि भएको संविधान सभाको निर्वाचनमा १ करोड २१ लाख मतदाता रहेको नेपालमा ४ वर्ष पछि प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन गर्न लाग्दा ३० लाख भन्दा बढी मतदाताले भोट हाल्दै छन् । निर्वाचन आयोगले दिएको जानकारी अनुसार २०७० सालको संविधानसभा निर्वाचनमा कूल १ करोड २१ लाख ४७ हजार ८ सय ८५ जना मतदाता रहेकोमा अहिलेको प्रतिनिधि सभा निर्वाचनमा कूल १ करोड ५४ लाख २७ हजार ७ सय ३१ मतदाता कायम रहेका छन् ।

यसरी आयोगको तथ्यांक अनुसार कूल ७७ जिल्लामा ३२ लाख ७९ हजार ८ सय ६६ जना मतदाता थपिएका छन् । आखिर यति धेरै मानिस कहाँ थपिए त ? हामीले प्रदेश अनुसार मतदाताको विवरणलाई अध्ययन गरेर तथ्यांक संकलन गरेका छौं । 

२०७० सालको निर्वाचनमा मुलुक एकात्मक राज्य व्यवस्थामा रहेको थियो । अझ भन्दा विकास क्षेत्र अनुसार मुलुकलाई ५ भागमा विभाजन गर्ने गरिएकोमा संघीयता आएपछि मुलुकलाई अहिले ७ प्रदेशमा विभाजन गरिएको छ । त्यसैले हामीले ०७० सालमा एकात्मक व्यवस्था भएपनि अहिलेको प्रदेश भित्र पर्ने विभिन्न जिल्लाका मतदाताहरुको आधारमा प्रदेशका मतदाताको विवरण तयार पारेका छौं । यसरी तुलना गर्दा पनि टुक्रिएका जिल्लाहरुकोको हकमा टुक्रिएको भागसम्मका मतदाताको संख्यालाई समेत विश्लेषण गरिएको छ । 

जस अनुसार सबैभन्दा धेरै मतदाता प्रदेश नम्बर ५ मा थपिएका छन् । यो प्रदेशमा सात लाख ६७ हजार ८ सय ९८ जना मतदाता थपिएका छन् । २०७० सालमा १९ लाख ७२ हजार ९ सय ५० जना मतदाता रहेको ५ नं प्रदेशमा ७४ सालको निर्वाचनमा २७ लाख ४० हजार ८ सय ४८ जना मतदाता पुगेका छन् । 

त्यस्तै, सबैभन्दा थोरै मतदाता थपिएको प्रदेश हो प्रदेश नं ४ । जसमा यो ४ वर्षमा २ लाख २० हजार १ सय १६ जना मतदाता थपिएका छन् । यो प्रदेशमा २०७० सालमा १३ लाख ४८ हजार ७ सय १३ मतदाता रहेकोमा यो वर्ष मतदाता संख्या १५लाख ६८ हजार ८ सय २९ जना मतदाता रहेको छन् । प्रदेश नं ५ भगवान् गौतमबुद्धको जन्मभूमि रहेको जिल्ला कपिलबस्तु पर्ने प्रदेश हो । प्रदेश नं ५ मा कूल १२ जिल्ला रहेको छ भने प्रदेश नं ४ मा ११ जिल्ला रहेका छन् । प्रदेश नं ५ धेरै जिल्ला भएको मध्ये तेस्रो स्थानमा पर्छ भने प्रदेश नं ४ चौथोमा पर्छ । 

यस बाहेक अन्य प्रदेशहरुमा प्रदेश नं ३ मा ६ लाख ३४ हजार, प्रदेश नं २ मा ४ लाख २७ हजार र प्रदेश नं १ मा ६ लाख ७० हजार मतदाता थपिएका छन् । प्रदेश नं ६ र ७ मा भने क्रमशः २ लाख ४८ हजार र ३ लाख ११ हजार मतदाता थपिएका छन् । 

यस विषयमा विस्तृतमा तलको तथ्यांक हेर्नुहोस् । 

No automatic alt text available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ