arrow

पत्रकारमाथि आक्रमणको निन्दा

logo
प्रकाशित २०७४ असोज २१ शनिबार
FNJ-logo.jpg.jpeg

कालीकोट। नेपाल पत्रकार महासंघ कालीकोटले महासंघका केन्द्रीय पार्षद् तथा प्रेस सेन्टर कालीकोटका अध्यक्ष अर्जुनप्रसाद भट्टराईमाथि भएको आक्रमणको निन्दा गरिएको छ। नेपाल पत्रकार महासंघ कालीकोटका अध्यक्ष तुलाराम पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा घाइते पत्रकारको उपचार तथा दोषीउपर कारबाहीका लागि सरकारसंग माग गरेको छ।

त्यसैगरी विभिन्न संघ संगठनले पनि घटनामा संलग्न दोषीउपर कारबाहीका लागि स्थानीय प्रहरी प्रशासनसंग माग गरिएको छ। शुक्रबार साँझ भएको आक्रमणमा घाइते पत्रकार अर्जुनप्रसाद भट्टराईको जिल्ला अस्पताल कालीकोटमा उपचार हुन नसेकेपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा भर्ना गरिएको छ।

पत्रकार भट्टराईको टाउकोमा गम्भीर चोट लागेको छ भने पिसाबबाट समेत रगत बगेको र अहिले उहाँको अवस्था खतरामुक्त रहेको बताइएको छ।

सदरमुकाम मान्म बजारको पुरानो बसपार्कमा क्यारमबोर्ड खेलिरहेको अवस्थामा विवाद हुँदा स्थानीय तीन जना युवाले पत्रकार भट्टराईमाथि आक्रमण गरेको बताइएको छ। आक्रमण गर्ने युवाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

यस्तै, नेपाल प्रेस युनियनका कर्णाली स‌ंयाेजक तथा केन्द्रीय सदस्य खगेन्द्र भट्टराईले अाक्रमणकाे निन्दा गर्दै घाइतेकाे सीघ्र स्वास्थ्यलाभकाे कामना गरेका छन् ।



लोकप्रिय समाचार
नयाँ