arrow

भारतीय प्रहरीको हिरासतमा रहेका देवनारायण छुटे

logo
प्रकाशित २०७४ असोज २१ शनिबार
devnarayan.JPG

सप्तरी । भारतमा एक सातादेखि प्रहरी हिरासतमा रहेका देवनारायण यादव र छोरा अजय शनिबार मात्र रिहा भएका छन् ।

सप्तरीको तिलाठीमा पोहोर साल खाँडो नदीमा भारतीय पक्षले बाँध लगाउन खोज्दा संघर्षको नेतृत्व गरेका देवनारायण र छोरा अजयलाई जिल्ला शत्र न्यायालयको आदेशपछि भारतीय प्रहरीले छोडेको हो ।

अजयले भगाएर ल्याएको केटीलाई अपहरण गरेको मुद्दामा बाबु–छोरा भारतीय सुरक्षाकर्मीको हिरासतमा पुगेका हुन् । सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्ड्येले हाम्राकुरासँग भने, ‘रिहाईको खबर आएको छ । मेरो विचारमा उहाँहरु नेपाल प्रवेश गरिसक्नु भएको छ । देवनारायण जीलाई सम्पर्क गर्न प्रयास गरिरहेको छु ।’ मैले आफैले कुरा गर्न पाएको छैन । जानकारी आइसकेको छ ।

भारतीय पक्षले अपहरणमा परेकी भनेकी ज्योतीले अदालतसामु आफू अपहरणमा नपरेको बयान दिएपछि न्यायाधीशले बाबु छोरालाई रिहा गर्न आदेश दिए । अदालतको आदेश लगत्तै देवनारायण र अजय छुटेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ