-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । भाषण गरेर गिनिज बुकमा नाम लेखाउने उद्देश्यका साथ नुवाकोट जिल्ला चिसापानीका अनन्तराम केसीले लगातार भाषण सुरु गरेका छन् ।
यहाँस्थित टेक्सास इन्टरनेशनल कलेज, मित्रपार्कमा उनले यही असोज १९ गते बिहान ६ बजेदेखि भाषण सुरु गरेको उनकी श्रीमती पारु केसीले जानकारी दिइन् ।
लगातार ८४ घण्टा भाषण गरेर विश्वकीर्तिमान राख्ने उनको सोच छ ।
यसअघि भारत गुजरातस्थित सुरतका अश्विन सुडानीले यस्तो लगातार भाषणको ७५ घण्टा ३२ मिनटको रेकर्ड राखेका छन् ।
उनले विभिन्न ७५ शीर्षकमा भाषण दिएको बताइएको छ ।
सो कीर्तिमानका लागि लायन्स क्लव अफ काठमाडौँ विहानीको आयोजना तथा लियो क्लवलगायतका संस्थाको सहयोगमा सो कलेजमा भाषण कार्यक्रमको आयोजना गरिएको छ ।
भाषणमा केसीले विभिन्न विषयमा प्रवचन दिन्छन् भने एक घण्टामा पाँच मिनट विश्राम पाउँछन् ।
उनले दिनरात उभिएर भाषण गर्छन् भने समय समयमा कुर्सीमा बसेर पनि भाषण गर्न पाउने प्रावधान छ ।