arrow

नरहरी आचार्यको क्षेत्र काठमाडौं–५को प्रदेशमा रामचन्द्रको चर्चा

logo
प्रकाशित २०७४ असोज २२ आइतबार
ramchandra-ghimire.jpg

काठमाडौं। चुनावका लागि पार्टीहरुले आफ्ना उम्मेदवारहरु सिफारिस गर्ने क्रम सकिएको छ । निर्वाचन क्षेत्र, जिल्ला हुँदै केन्द्रसम्म राजनीतिक दलका एकाईहरुले सिफारिस गरेर आफ्नो पार्टीको माथिल्लो निकायसम्म सिफारिस गरेका छन् । काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नं.५ पनि यतिखेर चर्चामा छ। काँग्रेस नेता नरहरी आचार्य निर्वाचित हुँदै आएको क्षेत्र उहाँ विमारी भएपछि त्यहाँबाट को उमेद्वार बन्ने कुराले पनि चर्चामा छ। काठमाडौं ५ मा पत्रकारीता पृष्ठभुमि समेत भएका सालिन व्यक्तित्व रामचन्द्र घिमिरेको नाम सिफारिस भएसँगै प्रदेशमा उनको टिकट पाउने सम्भावना धेरै भएको स्थानियहरु बताउँछन्। 

काठमाडौं क्षेत्र नं.५मा संविधानसभाको चुनावमा नरहरि आचार्यलाई विजयी गराउने सक्रिय भूमिका खेल्ने व्यक्तिहरु मध्येका एक घिमिरे पार्टीको संगठन, बौद्धिक–व्यवसायिकका साथै साहित्यकार, पत्रकारहरुले पनि रुचाइएको व्यक्तित्व हुन। राजनीतिक विश्लेषकका रुपमा समेत आफ्नो व्यक्तित्व निर्माण गरेका छन्। लोकतन्त्रलाई राम्रोसँग बुझेका घिमिरे पार्टीको विचार प्रवाहमा आफूलाई सँधै तयार राखिरहन्छन् ।

आफ्नो उम्मेदवारीका विषयमा प्रष्टाउँदै भन्छन्, यतिखेर कम्युनिष्टहरु एक भएर चुनाव लड्दैछन् । संविधानसभाको पहिलो चुनावमा कांग्रेस सानो रुपमा संविधानसभामा पुग्यो । ठूलो दलको हैसियत भएको माओवादीले संविधानसभा विघटन गरेर मुलुकलाई अन्धकारमा धकेल्यो । कांग्रेसले समालेर दोस्रो संविधानसभामा ठूलो दलका रुपमा संविधानसभामा आइपुग्यो । संविधान निर्माणकालागि दोस्रो ठूलो दल नेकपा एमालेलाई सरकारमा लिएर संविधानको मूल मस्यौदा तयार पार्‍यो । विभिन्न चरणको वार्ताबाट माओवादीलाई समेत सहमत गराएर ९० प्रतिशत भन्दा बढी संविधानसभाका सदस्यहरुको सहमतिमा कांग्रेसले संविधान जारी गर्‍यो । संविधान जारी भएपछि कम्युनिष्टहरु एक भएर राष्ट्रपति, प्रधानमन्त्री र सभामुखहरु लिए । तर नेकपा एमालेको नेतृत्वमा ९ महिना सरकार चलाउदा चुनावहुने अवस्था कतै देखिएन । कांग्रेसले त्यो सरकारलाई ढालेर चुनाव गराउने सरकार निर्माण गर्‍यो । आज स्थानीय तहको चुनाव सम्पन्न भइसकेको छ । प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव सम्पन्न हुने क्रममा छ । यदि अब फेरी कम्युनिष्टहरुले बहुमत ल्याएको अवस्थामा मुलुक फेरी शून्य अवस्थामा पुग्नेछ । अब बन्ने प्रदेश सभाले आफ्नालागी कानून बनाउनु पर्ने हुन्छ । त्यसैगरी स्थानीय तह र केन्द्रसँगको सम्बन्ध, अधिकारको बाँडफाँड लगायतका कुराहरुको कानून बनाउनु पर्ने हुन्छ । यो भन्दा पनि अझ प्रदेशमा हुनसक्ने विवाद केन्द्र तोक्ने र नाम राख्नेमा हुनसक्छ । यि सबै कामका लागि सबैलाई सहमत गराएर काम गर्न सक्ने कांग्रेसका उम्मेदवारहरुलाई नेपाली जनताले मतदान गर्नैपर्ने हुन्छ । यसको विकल्प छैन । अन्यथा मूलुक पुनः अन्य संकटहरुमा फस्न सक्छ । नेपाली जनताले पार्टीहरुको उम्मेदवार चयनलाई यतिखेर हेरिराखेका छन् । सैद्धान्तिक, बैचारिक र कानूनी कुरा बुझेर आफ्ना धारणाहरु स्पष्टसँग राख्न सक्ने र लोकतन्त्रको अभ्यास गर्नसक्ने उम्मेदवार चयन गर्नुपर्ने हुन्छ । यो कुरालाई कांग्रेसका केन्द्रीय नेतृत्वले अबस्य दृष्टि पुर्‍याउने छन् ।

नेपाली जनता अब द्वन्द्व होइन शान्ति र विकास चाहन्छन् । जनताको चाहनालाई बुझ्न सक्ने नेतृत्व यतिखेरको आवश्यकता छ । घिमिरे कांग्रेसका नेता नरहरि आचार्यका सबै कामहरुमा सहायक भएर काम गरेका व्यक्ति हुन् । त्यसैले पनि उनीप्रति काठमाडौंको जनताको अपेक्षा छ । उनीसँग प्रशासनीक, कानूनी क्षमताका साथै अध्ययनशीलताले बौद्धिक क्षमतासमेत प्रस्तुत गर्न सक्ने क्षमता छ । पार्टीले अबसर दिएको अवस्थामा आफूले काम पुरा गर्ने बताउछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ