arrow

गोपालमान, धनराज र खुमाप्रसादको नाम स्याङ्जाको दुवै क्षेत्रबाट सिफारिस

कांग्रेसले गर्‍यो १ सय १२ जनाको नाम सिफारिस

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ असोज २२ आइतबार
sangiya-leader.jpg

स्याङ्जा। प्रतिनिधि सभा र प्रादेशिक सभा निर्वाचनको मिति घोषणा भएस“गै उम्मेदवार बन्न आतुर नेताहरुलाई स्याङ्जा का“ग्रेसले क्षेत्रीय समितिबाट सिफारिस भएको आधारमा जिल्लाका २ प्रतिनिधि सभा र ४ प्रादेशिक सभाका आकांक्षी उम्मेदवारको नामावली का“ग्रेस केन्द्रीय समितिमा सिफारिस गरेको छ। स्याङ्जाका दुई क्षेत्रबाट गोपालमान श्रेष्ठ, धनराज गुरुङ र खुमाप्रसाद अर्यालको नाम सिफारीस भएको छ।

श्रेष्ठ र गुरुङ् क्षेत्र नं. १ का हुन भने अर्याल क्षेत्र नं. २ का हुन्। दुवै क्षेत्रबाट सिफारीस हुन तिन जना सफल भएका छन्। दुवै क्षेत्र र ४ प्रदेशमा को को उमेदवार बन्ने छन् भन्ने विषयमा बहस हुन थालेको छ। पार्टीले ढिलो गरी उमेदवार छनोटको मापदण्ड नबनाउदा स्याङ्जामा आकाक्षी उमेदवार बढेका छन्।

सिफारिस गरे अनुसार प्रतिनिधिसभा प्रत्यक्ष तर्फ क्षेत्र नं. १ मा वर्तमान सरकारका उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ, सांसद राजु थापा, महासमिति सदस्य गोविन्द बहादुर रानाभाट, र बरिष्ठ उद्योगपति खुमा प्रसाद अर्याल, पुर्व जिविस सभापति शिबकुमार अधिकारी रहेको का“ग्रेस स्याङ्जाले जानकारी दिएको छ। प्रतिनिधि सभा क्षेत्र नं. १ को समानुपातिक तर्फ पूर्व राज्य मन्त्री ईन्द्र बहादुर गुरुङ्, महासमिति सदस्य हिरादेबी शर्मा, प्रजातन्त्र सेनानी तारापति सुबेदी र मनिषा अर्याल सिफारिसमा परेका छन्।

क्षेत्र नं. १ को प्रादेशिक सभा (क) को प्रत्यक्ष तर्फ देबी अर्याल, गोविन्द कुमार कर्माचार्य, मेखलाल श्रेष्ठ, भरत प्रसाद लम्साल, अजित क्षेत्री, कृष्ण प्रसाद अर्याल, दशरथ अर्याल, ओम बहादुर भट्ट क्षेत्री, सोमनाथ लम्साल, दुर्गा प्रसाद पौडेल, नेम बहादुर राना, पवन नेपाल, नरेश पोख्रेल, नवराज सुबेदी, डोलराज पोख्रेल, किरण बन्धु अर्याल, मुक्ति अधिकारी, गंगा बहादुर काफ्ले र शिवसंसार श्रेष्ठ सिफारिस भएका छन्।

त्यसैगरी प्रादेशिकसभा (क) को समानुपातिकमा मोति बहादुर आले, नसिबदिन मिया“, तेजप्रसाद रिजाल, श्रीप्रसाद जि.टी., राजकुमारी गुरुङ्, तारा अर्याल, कृष्ण बहादुर आले, बन्दना लम्साल, मेघ बहादुर खड्काको नाम सिफारिस गरिएको का“ग्रेस स्याङ्जाका सचिव कुमार रानाले जानकारी दिए।

क्षेत्र नं. १ को प्रादेशिकसभा (ख) को प्रत्यक्ष तर्फ महासमिति सदस्य तुलसी गिरी, प्रेमराज पौडेल, बुद्धि बहादुर राना ‘कुमार’, ईन्द्र बहादुर गोदार, गोपाल प्रसाद ढकाल, खिम बहादुर गुरुङ्, बद्रि प्रसाद पौडेल, युवराज ढकाल र प्रेम बहादुर खत्री क्षेत्रीलाई का“ग्रेसले सिफारिस गरेको छ।

प्रादेशिक सभा (ख) समानुपातिक तर्फ देबेन्द्र गुरुङ्, तारा मल्ल, रेखा थापा, जनकराज खनाल, डल्ले सार्की, गिता चपाई, डिल बहादुर खत्री, साह महमद मिया“, दीर्घनारायण शर्मा, मञ्जु पनेरु, महमद हुसेन ‘मुन्ना सेख’, टेक बहादुर सुबेदी, प्रदिप कुमार पौडेल, अम्बिका देबी पौडेल, अमृत वि.क., राजेश श्रेष्ठ र माया खत्री क्षेत्री सिफारिस भएका छन्।

कांगेस स्याङ्जाले दिएको जानकारी अनुसार प्रतिनिधि सभा क्षेत्र नं. २ का लागि सांसद कमलप्रसाद पंगेनी, व्यवसायी खुमा प्रसाद अर्याल, उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, सांसद धनराज गुरुङ्, धु्रवप्रसाद शर्मा पंगेनी, भोजराज अर्याल, भुमा शर्मा पाण्डे र मोहनप्रसाद पाण्डेलाई सिफारिस गरिएको छ।

प्रतिनिधि सभा क्षेत्र नं. २ बाट समानुपातिक तर्फ महिला नेतृ खगिसरा भण्डारी, महासमिति सदस्यद्धय गजिन्द्रप्रकाश मल्ल, लक्ष्मिकान्त रेग्मी, पूर्व सांसद शंकर प्रसाद पाण्डे र हुमनाथ कोईरालालाई सिफारिस गरेको बताइएको छ। स्याङ्जा क्षेत्र नं. २ को प्रादेशिक सभा (क) को प्रत्यक्ष तर्फ अर्जुन प्रकाश अर्याल, अर्जुन प्रसाद खनाल, खगेन्द्रराज रेग्मी, तोयनाथ अर्याल, दामोदर लम्साल, देबी प्रसाद अर्याल, दिपक रोकाहा, नेत्र प्रसाद पाण्डे, विष्णु पौडेल मधु गैरे, मुक्ति प्रसाद सुबेदी र सूर्य प्रसाद रेग्मी, सरस्वती तिवारी अर्याल सिफारिसमा परेका छन्।

प्रादेशिक सभा (क) को समानुपातिक तर्फ अम्मरलाल कर्माचार्य, कविता तिवारी गैह्रे, कुम्भराज गुरुङ्, कुल बहादुर गुरुङ्, ल्या. याम बहादुर गुरुङ्, लिल बहादुर रनपाल, लोकनाथ अर्याल, शोभा गैह्रे र श्याम प्रसाद अर्यालको नाम सिफारिस भएको छ।

प्रतिनिधि सभा क्षेत्र नं. २ को प्रादेशिकसभा (ख) को प्रत्यक्ष तर्फ विद्यार्थी नेता तथा महाधिवेसन प्रतिनिधि गुरु प्रसाद भट्टराई, महिला नेतृ चन्द्रा अधिकारी, देब बहादुर खा“ण ‘ईश्वर’, युवाबीच लोकप्रिय तरुण दल जिल्लाका अध्यक्ष भागवत प्रकाश मल्ल ‘प्रकाश’, याम प्रसाद पाण्डे, युवाराज पाण्डे, लालगोपाल अर्याल, श्यामप्रसाद बश्याल, श्यामप्रसाद भण्डारी र होमनाथ पाण्डे सिरफारि भएका छन्।

प्रादेशिकसभा (ख) को समानुपातिक तर्फ कुल प्रसाद भट्टराई, महेन्द्र श्रेष्ठ ‘श्रीप्रसाद’, माया राना, लक्ष्मण प्रसाद भट्टराई, हरिबाबु पोख्रेल र हरिहर पाण्डेको नाम सिफारिस गरिएको का“ग्रेस स्याङ्जाले जनाएको छ।

कांग्रेस स्याङ्जाले स्थानीय तह निर्वाचनमा नगर, गाउ“ तथा वडा अध्यक्ष र सदस्यमा पराजित भएका केही नेताहरुलाई प्रतिनिधि सभा समानुपातिक, प्रादेशिक सभाको प्रत्यक्ष र समानुपातिकमा सिफारिस गरेको छ। उम्मेदवार छनौटको मापदण्ड बनाउन नसक्दा सामान्य कार्यकर्ता देखि लामो समय पार्टीमा संघर्ष गरेका त्यागी नेता एकमुष्ठ सिफारिसमा परेका छन्। पार्टीमा लोमो समय दुःख गरेका नेताहरुलाई यसपटक टिकट दिनुपर्ने कार्यकर्ताको भनाई छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ