arrow

केसीले ८० घण्टा ४ मिनेट भाषण गरेर कीर्तिमान बनाए

logo
प्रकाशित २०७४ असोज २३ सोमबार
speech-podium.jpg

काठमाडौँ । भाषण गरेर गिनिज बुकमा नाम लेखाउने उद्देश्यका साथ नुवाकोट जिल्ला चिसापानीका अनन्तराम केसीले लगातार ८० घण्टा ४ मिनेट भाषण गरी विश्व कीर्तिमान बनाएका छन् ।  

मित्रपार्कस्थित टेक्सास इन्टरनेशनल कलेजमा केसीले यही असोज १९ गते विहान ६ बजेदेखि आइतबार दिउँसो ३ बजेर २ मिनेटसम्म भाषण गरेको विश्व दर्शन अभियान नेपालका अध्यक्ष नारायणप्रसाद भट्टराईले जानकारी दिए । 

८० घण्टा ४ मिनेटको भाषणको रेकर्ड गिनिज बुकमा पठाएर विश्वकीर्तिमानका लागि दावी गरिनेछ । 

यसअघि भारतको गुजरातस्थित सुरतका अश्विन सुडानीले यस्तो लगातार भाषणको ७५ घण्टा ३२ मिनटको रेकर्ड राखेका थिए । उनले विभिन्न ७५ शीर्षकमा भाषण दिएका थिए । 

सो कीर्तिमानका लागि लायन्स क्लव अफ काठमाडौँ विहानीको आयोजना तथा लियो क्लवलगायतका संस्थाको सहयोगमा सो कलेजमा आयोजना गरिएको कार्यक्रममा केसीले ८४ घण्टा भाषण गर्ने योजना भएपनि ८० घण्टा ४ मिनेट मात्र भाषण गर्न सफल भएका हुन् । 

भाषणमा केसीले एक घण्टामा पाँच मिनट विश्राम गर्दै विभिन्न विषयमा प्रवचन दिएका थिए ।

उनले दिनरात उभिएर र समय समयमा कुर्सीमा बसेर समेत भाषण गरेका हुन् । (रासस)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ