arrow

गच्छदार के माग्दै छन् काँग्रेससँग ?

logo
प्रकाशित २०७४ असोज २३ सोमबार
gachhadar-new-conve....jpg.jpeg

काठमाडौं । विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम काँग्रेस गठबन्धनमा आफ्नो भूमिकालाई लिएर छलफलमा जुटेको छ ।

लोकतान्त्रिक फोरम अध्यक्ष विजय गच्छदारले पार्टी एकता नै गर्न खोजेको चर्चा चलेपनि गठबन्धनमा आफ्नो भूमिका खोजिरहेको बताइएको छ ।

फोरम लोकतान्त्रिकका नेता योगेन्द्र चौधरीले भने, ‘हाम्रो अध्यक्ष ज्यू पहिले काँग्रेसबाटै राजनीतिमा सक्रिय भएकै कारण पनि काँग्रेसमा फर्किने हल्ला चल्नु स्वभाविकै हो । तर, विशेषतः काँग्रेस तथा काँग्रेस नेतृत्वसँग दिनहुँ भइराखेको छलफलको अर्थ त्यो होइन ।’

सांसद समेत रहेका चौधरीले अगाडि भने, ‘हामीले गठबन्धनमा बस्ने र हामीलाई दिने सिटबारे छलफल गरिरहेका छौँ । हामीले २० सिट मागेका छौँ । त्यसमा कुरा भयो भने गठबन्धनमा बस्ने कुरा हो । पार्टी एकता हुने भन्ने कुरा होइन ।’

यद्यपि, गठबन्धनमा लोकतान्त्रिक फोरमपनि सहभागि भइसकेको छ । गठबन्धनको कार्यदलमा लोकतान्त्रिक फोरमबाट गोपाल दहित सम्मिलित छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ